News

एमालेको चुनावी गीतमा जमिन फिर्ता र परमादेशी गठवन्धनको चर्चा (भिडियोसहित)

एमालेको चुनावी गीतमा जमिन फिर्ता र परमादेशी गठवन्धनको चर्चा (भिडियोसहित)

स्थानीय तह निर्वाचनलाई लक्षित गरी नेकपा एमालेले नयाँ चुनवाी गीत सार्वजनिक गरेको छ। राम प्रसाद अवस्थीको शब्द र सङ्गीतमा रहेको गीतमा राम प्रसाद अवस्थी र पूर्णकला बिसीले स्वर दिएका छन् ।

अवस्थी एमाले निकट कलाकारहरूको संगठन राष्ट्रिय जनसस्कृतिक महासंघका केन्द्रीय सदस्य तथा बैतडी जिल्ला इन्चार्ज हुन् । उनले यसअघि पनि एमालेको थुप्रै चुनावी प्रचार गीत ल्याइसकेका छन् ।

उनकै शब्द स्वर र सङ्गीतमा तयार पारिएको सूर्यमै भोट हालौँ बोलको गीतको एरेन्जर विनोद बाजुरेली हुन् ।

गीतमा कालापानी, लिपुलेक र लिम्पियाधुराको जमिन फिर्ता ल्याउन, विग्रिएको अर्थतन्त्र सुधार गर्न, स्वाभिमान वचाउन, गाउँगाउँमा अस्पताल र घरघरमा डाक्टर पुर्याउन, किसानका खेतमा ट्याक्टर पुर्याउन, पुर्वपश्चिम–उत्तरदक्षिण रेल कुदाउन, युवालाई रोजगारी, वृद्धवृद्धालाई भत्ताको ब्यवस्था गर्न, गरिवी उन्मुलन गर्न, चिला सडक धुलो मुक्त सहर बनाउन, शिक्षा निशुल्क गर्न, वेथिति हटाउनका लागि परमादेशी गठवन्ध हटाउन र सुर्यमा मतदात गर्न आग्रह गरिएको छ।

गीतमा एमालेको नीति र ओलीको नेतृत्वमा सत्ता चल्ने भएपछि भोलीको पीर गर्नुृ नपर्ने सन्देश दिईएको छ।

यस्तो छ एमालेको चुनावी गीत

नेकपा एमाले चुनावी गीत

विशेष