News

कांग्रेस सभापतिले आफनै कार्यकर्तालाई ‘नालायक र हिजडा’ भन्दै गाली गरे!

कांग्रेस सभापतिले आफनै कार्यकर्तालाई ‘नालायक र हिजडा’ भन्दै गाली गरे!

नेकपा एमालका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई गलहत्याउन गठवन्धन गरेका दलहरु स्थानीय तह निर्वाचनमा पनि तालमेल गरेरै जाने कसरतमा छन् । तर, गठवन्धन र सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसमा तालमेलको तिव्र विरोध भईरहेको छ।  

विशेषगरी भरतपुर र पोखरा महानगरपालिकाको विषयलाई लिएर कांग्रेस कार्यकर्ताहरु सभापति शेरवहादुर देउवासँग रुष्ट छन् । पोखरा महानगरका कांग्रेस कार्यकर्ताले जिल्ला कार्यसमितिको कार्यालयमा तालावन्दी गरेका छन् ।

नेपाली कांग्रेसको महाधिवेशन अघिसम्म गठबन्धन नगरी बहुमत ल्याउने पार्टी बनाउने घोषणा गरेको संस्थापनइतर पक्ष अहिले गठबन्धनको विपक्षमा देखिएको छ। महाधिवेशनपछि मसिनो बनेको गठबन्धन विरोधी आवाज चुनाव नजिकिदै जाँदा अझ चर्को वन्दै गएको छ।

कतिपय संस्थापन पक्षकै नेताहरु पनि गठबन्धनका विरुद्धमा उभिएका छन् । उनीहरुले पार्टीको मतको रक्षा गर्न, नयाँ भोटरलाई कांग्रेसमा आकर्षण गर्न र भावि पुस्तालाईसमेत बलियो कांग्रेस छोड्न गठबन्धन गर्नु नहुने तर्क गरेका छन् । 

यही विरोधका कारण अहिले विभिन्न ठाउँमा कांग्रेस कार्यालयमा तालावन्दी भईरहेको छ। यीनै मध्ये हेटौँडा उप–महानगरको मेयर नपाएको विरोधमा कांग्रेस कार्यकर्ता आन्दोलनमा उत्रिएका छन् । पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ।

पार्टी कार्यालयमा ताला लगाएको जानकारी पाएपछि पुगेका मकवानपुर जिल्ला सभापति बुद्ध लामाले ताला फोड्दै कार्यकर्तालाई तथानाम गालि गरेका छन् । ‘तिमीहरु नालायक हौ !, हिजडा हौ । अब पार्टी कार्यालय आउनु पर्दैन, यहाँ बस्नु पनि पर्दैन!, सवैलाई कारवाही गर्छु’– भन्दै गाली गरेका छन् ।

उनले कार्यकर्तालाई गालि गरेको भिडियो अहिले सामाजिक सञ्जाल र विभिन्न मिडियामा सार्वजनिक भएको छ।
 

मकवानपुर काङ्ग्रेस

विशेष