News

६ महानगर र ११ उपमहानगरमा मिल्यो भागबन्डा, कहाँ कसलाई ?

६ महानगर र ११ उपमहानगरमा मिल्यो भागबन्डा, कहाँ कसलाई ?

लामो कसरतपछि सत्तारुढ गठबन्धनले ६ महानगर र ११ उपमहानगरपालिकाको भागबन्डा मिलाएको छ। बालुवाटारमा बसेको गठवन्धनको बैठकमा दलीय भागबन्डा टुङ्गो लागेको माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिए।

बैठकमा अन्तिम सहमति पत्रमा हस्ताक्षरको तयारी भईरहेको उनले वताए । सिट बाँडफाँटमा सहमति भईसकेको र हस्ताक्षर गरेर सहमतिपत्र सार्वजनिक गर्ने उनको भनाई छ। ६ महानगर र ९ उपमहानगरको प्रमुख र उपप्रमुखको भागबन्डा मंगलबार रातिको बैठकमा नै सहमति बनिसकेको थियो भने बाँकी पालिकाहरुमा आजको बैठकले टुंगो लगाएको हो ।

सहमति अनुसार उपमहानगरमा कांग्रेसले सात, माओवादीले दुई र एकीकृत समाजवादी र जनता समाजवादीले एक/एकमा मेयर पाएका छन्।  कांग्रेसका भागमा धनगढी, नेपालगन्ज, तुलसीपुर, बुटवल, कलैया, इटहरी र धरानको मेयर परेका छन्। माओवादी केन्द्रले घोराही र जितपुर सिमराको मेयर पाएको छ। एकीकृत समाजवादीले हेटौंडा र जनता समाजवादीले जनकपुरको मेयर पाएका छन्। मेयर पाएका ठाउँमा सोही दलले उपमेयर नपाउने सहमति गठबन्धन दलहरूबीच भएको छ।

यसैगरी, ६ महानगर मध्ये काठमाडौं, ललितपुर र विराटनगर कांग्रेस, पोखरा एकीकृत समाजवादी, भरतपुर माओवादी र वीरगञ्ज जनता समाजवादी पार्टीले लिने गरी हिजै सहमति भएको छ।

यो पनि

१० वर्षे जनयुद्धले देश र जनतालाई दिएको उपलब्धि–‘प्रचण्ड परिवारतन्त्र’ !

गठबन्धन भागबन्डा

विशेष