News

बझाङमा गठबन्धनले मिलायो भागबण्डा, कुन पार्टीको भागमा कती पालिका?

बझाङमा गठबन्धनले मिलायो भागबण्डा, कुन पार्टीको भागमा कती पालिका?

लामो कसरतपछि सत्तारुढ गठबन्धनले बझाङमा नगर तथा गाउँपालिकाको भागबण्डा मिलाएको छ । लामोसमयको छलफलपछि दलहरु सहमतिको टुङ्गोमा पुगको अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सदस्य देविजंग बहादुर सिंहले बताए ।

बैठकमा अन्तिम सहमति पत्रमा हस्ताक्षरको तयारी भईरहेको उनले वताए । सिट बाँडफाँटमा सहमति भईसकेको र हस्ताक्षर गरेर सहमतिपत्र सार्वजनिक गर्ने उनको भनाई छ। २ नगरपालिका र १० गाउँपालिका रहेको बझाङमा सत्तारुढ दलहरुबी चुनावी तालमेल भएको छ । 
प्राप्त जानकारी अनुसार नेपाली काँग्रेसकाे भागमा ७ प्रमुख र ६ उपप्रमुख परेकाछन । माओवादी केन्द्रको भागमा २ प्रमुख र ४ उपप्रमुख परेकाछन भने एकीकृत समाजबादीको भागमा ३ प्रमुख र २ उपप्रमुख परेकाछन । 

नेपाली काँग्रेसको भागमा दुई नगरपालिकासहित ५ गाउँपालिका परेकाछन् । जयपृथ्वी नगरपालिका, बुंगल नगरपालिका, मष्टा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, वित्थडचिर गाउँपालिका र सुर्मा गाउँपालिका काँग्रेसले पाएको छ ।

एकिृत समाजवादीले तलकोट गाउँपालिका, केदारस्युँ गाउँपालिका, थलारा गाउँपालिका पाएको छ । 

माओवादी के्रन्द्रले दुर्गाथली गाउँपालिका र छविसपाथिभेरा गाउँपालिका पाएको छ । 


 

विशेष