News

अखिल क्रान्तिकारीभित्र विवादः प्रचण्डलाई ध्यानाकर्षण पत्र, विवाद नमिले समानान्तर कमिटीको संकेत

अखिल क्रान्तिकारीभित्र विवादः प्रचण्डलाई ध्यानाकर्षण पत्र, विवाद नमिले समानान्तर कमिटीको संकेत

माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा नयाँ विवाद सुरु भएको छ । गत असोज दोस्रो साता महाधिवेशन गरेको अखिल क्रान्तिकारीले अध्यक्षमा पञ्चा सिंहलाई चयन गरेदेखि अन्य पदाधिकारी चुन्न सकेको थिएन । अनेक विवादमा फसेको क्रान्तिकारीको सोमबार जुम एपमार्फत केन्द्रीय कमिटीको विस्तारित बैठक भर्चुअल माध्यमबाट राखेको थियो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत सहभागी उक्त जुम बैठकमा एकपक्षले आफ्नो धारणा समेत राख्न नदिएको र एकलौटी रुपमा केन्द्रिय कमिटी घोषणा गरेको बताएको छ । 

जुम मिटिङ मार्फत केन्द्रिय कमिटि विस्तारित गरिएपछि अखिल क्रान्तिकारीभित्रको विवाद उत्कर्षमा पुगेको छ । बुधबार असन्तुष्ट पक्षले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको ध्यानाकर्षण पत्रमा दुईदिन भित्र समस्या समाधान नभए संगठनले गम्भिर खतरा व्यहोर्नुपर्ने उल्लेख गरेको छ । 

समस्या समाधान नभए केन्द्रीय नेताहरुले  समानान्तर कमिटीको तयारी गर्दै गरेको चर्चासमेत हुन थालेको छ । असन्तुष्ट नेताहरु पवन कार्की, दीपक जोशी, उपदेश यादव, बालकुमार केसी, बसन्ता भण्डारी,  सागर केसी, भोला यादव लगाएतको ११५ जना केन्द्रीय नेताहरले विधान सम्वत कमिटि गठन गर्न, तुरुन्तै भोलिसम्म सच्याउनु पर्ने भनेर पार्टी अध्यक्ष प्रचण्डलाई ध्यानाकर्षण गराएका छन् । भोलिसम्म नसच्चिए समानान्तर कमिटी घोषणा गर्ने भनेर एक जना केन्द्रीय नेताले जानकारी दिएका छन् ।

भौतिक रूपमा बैठकमा घोषणा गर्न सम्भव नभएपछि जुममार्फत राखिएको बैठकमा अन्य सहभागीहरुलाई बोल्न नदिन म्युट गरेर  घोषणा गरिएको थियो । 

के छन् असन्तुष्ट पक्षका आरोपहरु?
१) केन्द्रीय समितिको सदस्य समेत नरहेका ५ जना पदाधिकारी बनाएको
२) विधान सम्मेलनबाट निर्मित उपमहासचिव पद बैठकबाट हटाउन नमिल्ने तर आफू खुसी हटाएको
३) विधानमा उल्लेख गरेको अनुसार पदाधिकारी नबनाएको 
४) अहिलेको जस्तो सहज सरल अवस्थामा तानाशाही लाद्ने गरी  जुम मिटिङमा माइक म्युट गरेर एकलौटी घोसणा गरेको
५) पदाधिकारी चयनमा मनलाग्दी गरेर गुटको झोला बोक्नेलाई नियुक्ति गर्न मनलाग्दी संख्या बढाएको
६) असोजमा भएको महाधिवेशनबाट निर्वाचित १९९ सदस्यीय केन्द्रीय कमिटीमै नभएका सूर्यनारायण साह, अनिल भगत, भुषण शाही र सूर्य घर्ती, सुमन श्रेष्ठ लगायतलाई पदाधिकारी चयन गरेको 

पार्टी हेडक्वार्टरले नै सहमति हुन सक्दैन भने चुनाव गरेर विधान संवत् पदाधिकारी निर्वाचन गर्न निर्देशन दिँदापनि एकलौटी कमिटी घोषणा गरेको नेता उपदेश यादवले बताएकाछन् । 

विशेष