News

रेणुको यस्तो फुर्ती, पानी जहाज र गैडा अगाडि चुनावी गीत सुटिङ

रेणुको यस्तो फुर्ती, पानी जहाज र गैडा अगाडि चुनावी गीत सुटिङ

चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको चुनावी गीत सार्वजनिक भएको छ । सत्ता गठवन्धनका शिर्ष नेताहरुको मंगलवारको वैठकले महानगरको भागवण्डा मिलाएसँगै उनको गित सार्वजनिक गरिएको हो।

वैठकले भरतपुरमा माओवादी, पोखरामा नेकपा एकिकृत समाजवादी र विगरगन्जमा जसपाले मेयर पाउने निर्णय गरेको छ। अन्य तीन वटा महानगरपालिका कांग्रेसको भागमा परेको छ। यो सहमति भएसँगै दाहालको चुनावी प्रचार गीत सार्वजनिक भएको हो । माओवादीबाट दाहाल निर्विकल्प पुनः भरतपुरको मेयर उम्मेद्वार हुन् । यसका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम रेणुका पिता पुष्पकमल दाहालले धेरै मेहनत गरेका छन् ।

नेपाली कांग्रेसका चितवनवासी नेता/कार्यकर्ताले विरोध गर्दा समेत दाहालले स्थानीय स्तरमा विरोध गरेर केही नहुने केन्द्रबाटै सवै कुरा मिलाउने भन्दै चुनौती दिएका थिए । सर्वाजनिक गरिएको गीतमा मेयर दाहालको अग्रसरतामा भएका विकास निर्माणको कामको चर्चा गरिएको छ । भरतपुरमा चुनाव लड्न आउँदा नयाँ भएपनि छोटो समयमा मेयर दाहालले भरतपुरमा विकास निर्माणलाई तिव्रता दिएको उल्लेख छ ।

विशेषगरि हिल्लामे सडकबाट बनेका चिल्ला सडक, निर्माणाधीन सिटी हल, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, ६ लेन सडक खण्डलाई गीतमा उतारिएको छ । नारायणी नदिमा वाँध लगाउन, भुमिहिनलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्न अझै रेणुको नेतृत्व आवश्यक रहेको गीतमा उल्लेख छ।

गीतको भिडियो नारायणी नदी, प्रचण्ड टोल, क्रिकेट रंगशालालगायत स्थानमा छायाँकन गरिएको हो । भिडियोमा स्वम् मेयर दाहाललाई देख्न सकिन्छ भने विजय पुन, उत्सव अधिकारी, सुनिता तिमिल्सिना, सपना शिवाकोटीलगायतको अभिनय छ । भिडियोमा पानी जहाजको प्रयोग गरिएको छ भने पृष्ठभुमीमा गैडाको मुर्ती देख्न सकिन्छ।


भिडियोलाई रविन्द्र बरालले छायाँकन गरेका हुन् भने चितवनका पत्रकार रवि अधिकारीले निर्देशन गरेका छन् । नृत्य निर्देशन रविन शाहले गरेका छन् भने भिडियो सम्पादन विष्णु सेवाले गरेका छन् । युट्युवर सन्तोष देउजाले लेखेको यो गीतमा विष्णु खत्री र टिका पुनले स्वर भरेका छन् । गीतमा प्रदिप त्रिपाठीको संगीत छ।

यस्तो छ भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको चुनावी गीत

रेणु दाहाल भरतपुर महानगरपालिका चुनावी गीत

विशेष