१० वर्षे जनयुद्धले देश र जनतालाई दिएको उपलब्धि–‘प्रचण्ड परिवारतन्त्र’ !
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल परिवारवादमा लिप्त भएको विषय नौलो होईन। नेपालको राजनीतिमा ‘विरासत धान्न आफ्ना सन्तानलाई अगाडी बढाउँने’ नेतामा उनको नाम पहिलो नम्वरमा आउँछ। छोरा प्रकाश दाहालको मृत्यु पश्चात् आफ्नो विरासत जोगाउन छोरी, वुहारी, ज्वाई र भाईसमेतलाई राजनीतिमा सक्रिय राखेका छ।
जनयुद्धको नाममा जनताका छोराछोरीलाई मार्न र मर्नका लागि अग्रणी मोर्चामा पठाउने दाहाल अहिले लाभका पदमा भने आफना छोरा, छोरी, वुहारी, भाई, भतिजा, ज्वाईलाई आगाडि राखेर वसेका छन् । पद र पैसाको कुरा आउने बित्तिकै उनले सन्तान, परिवार र आफन्त सम्झिन्छन्। यो कुरा अरु कसैले भनिरहन पर्दैन उनको कृत्य हेर्दा पुष्टि हुन्छ। उनको परिवारबाट लाभको पदमा पुग्न बाँकी पत्नि सिता दाहाल मात्रै हुन।
अध्यक्ष भएको नाताले पार्टीभित्र र बाहिरको आलोचनाको उनी परवाह गर्दैनन्। हालै भाइ नारायण दाहाललाई राष्ट्रिय सभा सदस्य वनाए। त्यसका लागि उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई मनाए र माओवादीकै कोटामा परेका रामनारायण बिडारीको कार्यकाल सकिएपछि रिक्त पदमा भाईलाई वसाए। संविधानसभामा नारायण सभासद थिए । ०७४ मा दोस्रो पटक प्रधानमन्त्री हुँदा दाहालले भाइ नारायणलाई प्रशासनिक सल्लाहकार बनाएका थिए । आठौं महाधिवेशनबाट चयन भएको केन्द्रीय कमिटीमा नारायण सदस्य छन् । त्यसअघि नेकपाको वाग्मती प्रदेश अध्यक्ष थिए ।
गत पुसमा आयोजित पार्टी महाधिवेशनले अध्यक्षमा पुष्पकमल दाहाललाई चयन गरे पनि अन्य पदाधिकारी पछि तोक्ने भन्दै प्रतिनिधिलाई घर पठाइएको थियो । फागुनमा बसेको केन्द्रीय कमिटी बैठकमा दाहालले छोरी गंगा, ज्वाइँ जिवन आचार्यसहित ९७ जना नयाँ केन्द्रीय सदस्यको नाम फाईनल गराए। छोरी रेणु र बुहारी बिना मगर भने पहिले नै केन्द्रीय सदस्य छन् ।
रेणुलाई अघिल्लो पटक भरतपुरमा मेयर जिताउन अध्यक्ष दाहालले कांग्रेससँग तालमेल मात्र गरेनन्, मत नपुग्ने भएपछि माओवादी कार्यकर्ताले मतपत च्यातेर पुनः निर्वाचन गराएका थिए । माओवादी समर्थक प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव र जनार्दन शर्माका दाजु पुरुषोत्तम भण्डारी सर्वोच्च अदालतका न्यायाधिश भएको मौकाको फाईदा उठाएर उनले छोरीलाई मेयरमा जिताउन आयोग, अदालत सवै प्रयोग गरे। रेणु मेयर भएपछि ज्वाई अर्थात रेणुका पति अर्जुन पाठकलाई मेयरको स्वकीय सचिवका रुपमा त्यही सेटल गरे। उनी अहिले पनि राज्यको सुविधा लिँदै आएका छन् ।
अहिले पनि रोईकराई गरेर र विभिन्न षडयन्त्रका तानाबाना वुनेर पाँच दलिय गठवन्धन बनाए। अनि रेणुलाई पुनः भरतपुरको मेयरमा उम्मेदवार वनाएका छन् । माओवादीलाई मेयर दिन नुहने भन्दै विरोधमा उत्रिएका नेपाली कांग्रेसका नेता÷कार्यकर्तालाई उनले ठाडै चुनौती दिए–‘तिमीहरु उफ्रिएर केही हुँदैन, सवै कुरा केन्द्रबाटै मिलाउँछु।’ आखिर उनले रेणुलाई मेयरको उम्मेदवार वनाएरै छोडे। रेणु चुनावी तयारीमा जुटिसकेकी छिन्।
बुहारी बिना मगरलाई पनि केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बनाए। ‘जुनियर’ लाई मन्त्री बनाएको भन्दै त्यसबेला माओवादीभित्र विवादसमेत भएको थियो । कार्यसम्पादन अत्यन्तै कमजोर हुँदा पनि उनी तीन वर्ष मन्त्रीमा रहिरहिन। मगर अहिले संघीय सांसद हुन् । उनी आगामी चुनावी तयारीमा जुटिसकेकी छन् ।
यसैगरी, यस पटकको स्थानीय तह निर्वाचनमा अर्की वुहारी श्रीजना त्रिपाठीलाई पोखरा महानगरपालिकाको उपमेयरको उम्मेदवार वनाएका छन् । उनको नाम केन्द्रीय कमिटिमा सिफारिस भईसकेको छ। पोखरा–२५, हेमजा माइती भएकी उनी माओवादीको जनवर्गीय संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रीय सदस्य पनि हुन।
पूर्वप्रधानमन्त्रीका रूपमा राज्यबाट सुविधा पाउने गरी दाहालले कान्छी छोरी गंगालाई स्वकीय सचिव बनाएका छन् । ०७४ को निर्वाचनमा कान्छा ज्वाइँ जिवन आचार्यलाई पनि प्रदेशसभा सदस्यको टिकट दिएका थिए । मोरङ–६ को (क) मा प्रदेशको टिकट पाए पनि उनी पराजित भएका थिए ।
अर्का ज्वाइँ (जेठो) सागर केसी सभामुख अग्निप्रसाद सापकोटको सचिवालयमा छन् । केसी यसअघि कृष्णबहादुर महरा सभामुख भएका बेला पनि प्रमुख स्वकीय सचिव थिए । दाहालले आफ्ना प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’का सालासम्मलाई जागिरमा लगाएका छन् । जुगलका साला श्रीधर न्यौपानेलाई सभामुख सापकोटाको सञ्चार विज्ञका रुपमा नियुक्ती दिलाईएको छ।
सँगै युद्धमा हिँडेका परिवारलाई साँझ–बिहानको समस्या छ, धेरै घाइतेलाई पार्टीले बिर्सिएको छ तर दाहाल परिवारका सदस्यले भने पटक–पटक मौका पाउने गरेका छन्। यसरी हेर्दा दस वर्षको जनयुद्ध बेकार थियो, नेता, कार्यकर्ता र जनताको बलिदान र समर्पणको मूल्य नेताले आफु र आफनो परिवारको पद र प्रतिष्ठासँग साटे भन्ने कुरामा कुनै आशंका छैन। यो कुरा माओवादीका नेता÷कार्यकर्ताले कयौं पटक सार्वजनिक समारोहमै वताई सकेका छन् ।
पार्टीमा देखिएको यही प्रवृत्तिको विरोध गर्दै नेत्रवहादुर चन्द ‘विप्लब’, मोहन वैद्य ‘किरण’, बावुराम भट्टराई लगायतले पार्टी छोडे। उनीहरु अहिले आ–आफनै हिसावमा राजनीतिमा सकृय छन्। तर, सहयोद्धाहरुले छोडेर जाँदामा पनि अध्यक्ष दाहालले आफनो ब्यवहारमा सुधार सुरु गरेका छैनन्।
उनको यही शैलीका कारण माओवादीले देश र जनताका नाममा चर्का नारा लगाएपनि अहिलेसम्म सिन्को भाँच्न नसकेको, महँगी बढेको, भ्रष्टाचार र कालोबजारी खुलेआम भईरहेको, जनयुद्धमा सामेल हुँदा सामान्य आर्थिक अवस्था भएकाहरू अहिले पद र पहुँचमा पुग्दै गर्दा करोडपति÷अरवपति वनेको, उनीहरूका शाखा–सन्तानको सान र शौकत लाजमर्दो तरिकाले वृद्धि भएको लगायतका आरोप र गुनासो सर्वत्र छन्।
‘साम्यवादी आन्दोलन भ्रम मात्रै हो, देश र जनताका पक्षमा माओवादीको पहलकदमी एकरती देखिएन’ भन्ने कुरा तथ्यले नै पुष्टि गर्छ। यी विषयलाई सर्वसाधारणले पनि मिहिन ढंगले नियाली रहेका छन् । एक जना सामाजिक सञ्जाल प्रयोगकर्ता भन्छन्–‘छोरी ‘हरु’, ज्वाइँ‘हरु’ डिभोर्सी बुहारी, न–डिभोर्सी बुहारी‘हरु’, भाइ–भतिजा सबैलाई भाग पुर्याउनुपर्ने यो सानोतिनो तनाव होइन । यिनले भाग नपाए मुलुकमा जुलुमै हुन्छ। प्रतिक्रियावादीको सबै षडयन्त्र सफल हुन्छ । जनताका छोराछोरीलाई काठको बाकस, आफ्नालाई भागैपिच्छे सत्ताको कुर्सी । लगे रहो !’
उनको यो भनाईले पनि माओवादीभित्र अध्यक्ष दाहालको परिवारवादले हद नाघेको प्रष्ट हुन्छ।
पुष्पकमल दाहाल