News

जसपाको घोषणाः सवै महानगरमा नगररेल सञ्चालन

जसपाको घोषणाः सवै महानगरमा नगररेल सञ्चालन

जनता समाजवादी पार्टीले महानगरहरमा नगररेल सञ्चालन गर्ने प्रतिवद्धता जनाएको छ। स्थानीय तहको निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको पार्टीले यस्तो प्रतिवद्धता जनाएको हो।

घोषणा पत्रमा महानगरहरमा नगररेल सेवा विकासको सम्भावनाबारे अध्ययन गरिने, पालिकास्तरका विद्यालय तथा आधारभूत सेवा कार्यालयहरुलाई सडकसँग जोडिने, सडकहरुको गुणस्तर सुधार गर्दै लगिने र सबै पालिकामा एक बसपार्क बनाइने उल्लेख छ।

त्यस्तै, शुद्ध पिउने पानीको सुविधा नपुगेका घरबस्तीमा खानेपानी सुविधा पु¥याइने, २०० रुपैयाँ सम्मको खानेपानी बिल निशुल्क गरिने, आधुनिक शौचालय सुविधा नपुगेका घरपरिवारलाई शौचालय निर्माण गर्न रु १० हजारको अनुदान दिइने पनि घोषणा पत्रमा उल्लेख गरिएको छ।

आगामी ५० वर्षसम्मको जनघनत्व पूर्वानुमान गरी आधुनिक सहरी केन्द्र, आर्थिक कोरिडोर तथा औधोगिक क्षेत्र विकास गर्ने नीति लिइने तथा माध्यामिक विद्यालय तहसम्मको शिक्षालाई व्यवहारिक रुपमा नै निशुल्क र गुणस्तरीय बनाइने उल्लेख छ।

एक पालिका एक मोडल स्कुलको अवधारणालाई कार्यान्वयन गरिने र सबै विद्यालयहरुमा कम्प्युटर शिक्षा दिइने घोषणापत्रमा भनिएको छ।

विशेष