News

सडक खुलाउन खोज्दा स्थानीयसँगको झडपमा ११ प्रहरी घाईते

सडक खुलाउन खोज्दा स्थानीयसँगको झडपमा ११ प्रहरी घाईते

खपरुद्ध सडक खुलाउने क्रममा सिन्धुलीको पीपलभञ्ज्याङमा स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपमा परी ११ जना प्रहरी घाइते भएका छन् । 

बीपी राजमार्गमा पर्ने उक्त स्थानमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएपछि स्थानीय सडक अवरोध गरेका थिए । ठक्कबाट विजय मोक्तानको मृत्यु भएको हो। स्थानीयले दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै सडक बन्द गरेका थिए ।

सोही बन्द सडक खुलाउन पुगेको प्रहरी र स्थानीयबीच झडप भएको हो । स्थानीयले प्रहार गरेको ढुंगा र बोतल लागेर प्रहरीहरू घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड अश्रुग्यास र हवाई फायर गरेको थियो ।

उक्त झडपमा परी केही स्थानीय पनि घाइते भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । यसैबीच बाटो खुलाउनका लागि पीडित पक्षसहितको वार्ता बिनानिष्कर्ष टुंगिएको छ ।

विशेष