News राजनीति

गठवन्धनका नेताहरु किन असहिष्णु ?, एकअर्का विरुद्ध यसरी गर्छन सत्तोसराप

गठवन्धनका नेताहरु किन असहिष्णु ?, एकअर्का विरुद्ध यसरी गर्छन सत्तोसराप

एमाले सिद्याउन गठवन्धन गरेका दलहरु नै एक अर्काको सत्तोसराप गर्न थालेका छन् । विहिवार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कांग्रेसले उद्योग तथा कलकारखाना देख्नै नहुने भन्दै ब्यंग्य गरे।

इलामको माइजोगमाई गाउँपालिकास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले इलाम । राष्ट्रिय उद्योग र कलकारखानाहरू बेचेर नेपाली कांग्रेसले देशलाई परनिर्भर बनाएको आरोप लगाए।

सत्य तीतो भए पनि कांग्रेसले देशका उद्योग र कलकारखाना सिध्याएको उनको आरोप छ। ‘कांग्रेसको विरोध ग¥यो भन्नुहोला तर कांग्रेसका साथीहरूले पनि स्वीकार गर्नुपर्छ । कृषि औजार कारखाना, छालाजुत्ता, कपडा जस्ता राष्ट्रिय कलकारखाना कांग्रेसले देख्नै नहुने’ उनले भने–‘सबै सिध्याएर आज हामीलाई परनिर्भर बनाइएको छ । वास्तवमा यो देश गरिब हुने देश नै होइन, गरीव बनाइएको हो ।’

यसअघि कांग्रेस नेता शशांका कोइरालाले पनि माओवादीको वारेमा यसैगरी बोलेका थिए । कोइरालाले माओवादी नेताहरु चुनाव जित्ने अवस्थामा नरहेकाले मात्रै तालमेल गर्नु परेको वताएका थिए । कांग्रेस एक्लै चुनाव लड्न सक्ने भएपनि माओवादी नेताहरुको अस्तित्व जोगाउनका लागि आगामी निर्वाचनमा गठबन्धन गर्नुपरेको उनको भनाई थियो।
 

झलनाथ खनाल शशांका कोइराला

विशेष