News

प्रचण्डले स्विकारे 'माओवादीले जित पचाउन नसकेर पखाला लागेको' तथ्य

प्रचण्डले स्विकारे 'माओवादीले जित पचाउन नसकेर पखाला लागेको' तथ्य

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रकृयामा आएपछिको पहिलो निर्वाचनमा ‘माओवादीले जित पचाउन नसकेर पखाला लागेको’ बताएका छन् । बिहीबार कैलालीमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै उनले त्यस वेला लहलहैमा लागेर थुप्रै गल्ति गरेको स्विकारे।

‘त्यसबेला माओवादीले जित पचाउन नसकेर पखाला लाग्यो । मैले पनि साथीहरुको लहलहैमा लागेर थुप्रै गल्ती गरेँ। बाबुराम र बादलले वरिवरिबाट ठोकठोक भन्ने । मैले पनि ठोकिहालेँ । उल्टै मेरै पद गयो । यो गल्ती थियो’– उनले भने।

त्यस वेला आफूले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएर र रुक्मांगत कटवाललाई प्रधानसेनापतिबाट हटाएर ठूलो गल्ती गरेको उनको स्विकारोक्ति छ। साथीहरुको लहलहैमा लागेर आफूले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति हुनबाट रोकेको उनले स्विकारे।

तीन महिनापछि अवकाश पाउन लागेका रुक्मांगत कटवाललाई पनि आफ्नै साथीहरुको उक्साहटमा परेर हटाउने निर्णयमा पुगेको उनले बताए । एमसीसीका बेला पनि आफूलाई उक्साएर केहीले ‘ठोक–ठोक’ भनेको भन्दै उनले पहिलाजस्तो गल्ती एमसीसीका बेला नदोहो¥याएको वताए ।

मुलुक गणतन्त्रमा आईसकेपछिको सबैभन्दा ठूलो विवादका रूपमा प्रधानसेनापति रुकमांगत कट्वाल प्रकरणकै कारण दाहालले एक वर्ष नपुग्दै प्रधानमन्त्रीबाट राजिनामा दिनु परेको थियो। २०६५ साल साउनमा प्रधानमन्त्री भएका दाहालले प्रधानसेनापति कटवाललाई वर्खास्त गर्ने निर्णय राष्ट्रपति रामवरण यादवले उल्टाइदिएपछि राजिनामा दिएका थिए । 

विशेष