News

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता

तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन्। बिहान ११ बजेर १० मिनेटमा हैदरावाद हाउसमा उनीहरुबीच भेटवार्ता हुनेछ।

दुई प्रधानमनत्रीबीचको भेट अघि देउवाले १०ः४० मा महात्मा गान्धीको समाधिस्थलमा फूलगुच्छा अर्पण गर्ने कार्यक्रम छ। त्यसपछि प्रधानमन्त्री देउवा हैदरावाद हाउस पुग्नेछन्। त्यहाँ प्रतिनिधि मण्डलस्तरीय वार्तामा प्रधानमन्त्रीसहित दुवै देशका उच्च अधिकारी हुनेछन्। 

वार्तापछि प्रधानमन्त्री देउवा र मोदीले जनकपुर–जयनगर रेल सुरुवात गर्ने कार्यक्रम छ भने नेपालमा भूकम्पपछि भारतीय सहयोगबाट निर्माण भएका १ सय ३० भन्दा बढी स्वास्थ्यचौकीको संयुक्त उद्घाटन गर्ने कार्यक्रम छ। 

त्यसपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ। आजै प्रधानमन्त्री देउवाले भारतीय उपराष्ट्रपति बैंकाय नायडुसँग शिष्टाचार भेट गर्नेछन्। प्रधानमन्त्री देउवा शुक्रबार पत्नी आरजु देउवा र मन्त्रीहरुसहित भारत भ्रमणका लागि दिल्ली पुगेका छन्।
 

विशेष