News Breaking News

कपिलवस्तुमा सेनाको गणभित्रै गोली चल्यो, एक गम्भिर घाइते

कपिलवस्तुमा सेनाको गणभित्रै गोली चल्यो, एक गम्भिर घाइते

गणभित्रै गोली लागेर गम्भीर घाइते भएकी कपिलवस्तुको गोरूसिंहेस्थित नेपाली सेनाको समशेर दल गणमा कार्यरत सैनिक जवानलाई थप उपचारको लागि काठमाडौं ल्याईएको छ।

गणको भित्री पोष्टमा कार्यरत झापा गौरादह १ की २४ वर्षीया कोपिला राजवंशीलाई गोली लागेको अवस्थामा बुधबार राती लुम्बिनी प्रादेशिक अस्पताल पुर्याईएको थियो। 

बुटवलमा उपचार हुन नसकेपछि तत्कालै भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा भर्ना गर्दा त्यहाँ पनि उपचार सम्भव नभएपछि उनलाई काठमाडौं ल्याईएको हो।

उनलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याईएको हो।

उनको छाती र पेटमा दुई वटा गोली लागेको छ । सैनिक स्रोतले राजवंशी आफैंले गोली चलाएको दाबी गरे पनि घटना कसरी भएको बारे अहिलेसम्म खुलाईएको छैन ।

घाइते राजवंशीलाई उपचारको लागि नेपाली सेनाको टोली आफैंले अस्पताल ल्याएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । 

गोली चल्यो गम्भिर घाइते

विशेष