News

शिक्षक सेवा आयोगको परिक्षा पास गराइ दिने भन्दै लाखौं असुल्ने माथि प्रहरीको एक्सन

शिक्षक सेवा आयोगको परिक्षा पास गराइ दिने भन्दै लाखौं असुल्ने माथि प्रहरीको एक्सन

शिक्षक सेवा आयोगका पदाधिकारी र कर्मचारीसँग सेटिङ्ग मिलाएको छु ३ लाख दिए प्रश्नपत्र हातमा दिन्छु भन्दै लाखौं रकम उठाएका एक युवक प्रहरीलाई समेत छक्याएर फरार भएका छन् । परिक्षार्थीसँग ६० लाख रुपैयाँ असुलेका कालीकोट गेला निवासी जगत शाहीलाई पहरीले पक्राउ गर्न खोजेपछि उनी ४ तलामाथिबाट हाम फालेर फरार भएका हुन ।

१५ गतेबाट सुरु भएको शिक्षक सेवा आयोगको परीक्षामा पास गरिदिने भन्दै पश्नपत्रसहित उत्तर लेखेर पठाइदिने शर्तमा उनले प्रतिव्यक्ति ३ लाखका दरले रकम उठाएका थिए । फरार जगत शाहीले परीक्षा समयअघि नै प्रश्नपत्र लिक गराउने शर्तमा परीक्षार्थीबाट रकम असुलेको परीक्षार्थीहरूको गुनासो छ ।

तर रकम बुझाएका परीक्षार्थीले प्रश्नपत्र उपलब्ध नगराएको भन्दै शुक्रबार वीरेन्द्रनगरस्थित मंगलगढी चोकको एक होटलमा घेराउसमेत गरेका थिए । परीक्षार्थीले पैसा फिर्ता माग्न थालेको र प्रहरीले पनि खोजी गर्न थालेपछि उनी ४ तलाको घरबाट हाम फालेर फरार भएको स्थानीयहरूले बताएका छन् ।

उनले परीक्षा समयभन्दा अगाडि शुक्रबार जेनिथ इन्टिच्यूटमा र सुर्खेतस्थित एमपीजे मःम सेन्टरबाट हस्तलिखित प्रश्नउत्तरसहितको फोटोकपी बाँड्दै रकम असुलेको खुलेको छ । उनीहरुले कालीकोट, दैलेख, जुम्ला, हुम्ला र सुर्खेत लगायत स्थानका परिक्षार्थीबाट रकम असुलेको खुलेको प्रहरीले जनाएको छ ।

शिक्षा सेवा आयोगको प्रश्नपत्र आउट भएको हुनसक्ने विषयमा फोनरेकर्ड र अन्य विभिन्न आधारसहित शनिवार विहान मात्रै नेपाल आजले समाचार प्रकाशित गरेको थियो। जसमा दुई ब्यक्ति विच प्रश्न पत्र र पैसाका विषयमा वार्गेनिङ भएको विषय उल्लेख गरिएको थियो।

यो पनि,

शिक्षक सेवा आयोगको प्रश्नपत्र बजारमा लिलामी, अडियो सम्वाद सार्वजनिक

शिक्षक सेवा आयोग

विशेष