News

गभर्नर निलम्वन प्रकरणमा प्रचण्डको नयाँ खुलासा !

गभर्नर निलम्वन प्रकरणमा प्रचण्डको नयाँ खुलासा !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गर्भनर महाप्रसाद अधिकारी र अर्थमन्त्री जनार्दन शर्माको विषयमा नयाँ खुलासा गरेका छन् ।

बिहीबार धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै दाहालले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने कुरा एकाएक नभई पुरानै समस्याका कारण भएको बताए । सरकार र गभर्नरबीच सुरूदेखि नै समस्या देखिँदै आएको बताएका उलने गभर्नरले सरकारलाई असहयोग गरेकाले निलम्वन गरिएको वताए ।

गभर्नरलाई निलम्बन गर्ने कुरामा प्रधानमन्त्री शेरबहादुर देउवाको पनि सहमति रहेको उनको भनाई छ। ‘सुरूदेखि नै सरकार र गभर्नरबीच कहीँ न कहीँ समस्या देखिएकै हो’ उनले भने–‘प्रधानमन्त्री र अर्थमन्त्रीको सल्लाहमै गभर्नर हटाउने निर्णय भएको खुलस्त भइसकेको छ।’

सरकारले गत चैत २४ गते गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो। उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले मंगलबार आदेश दिएपछि अधिकारी बुधबारदेखि काममा फर्किएका छन्। सर्वोच्चले वैशाख १३ गते यसबारे थप छलफल गर्न दुबै पक्षलाई बोलाएको छ। त्यसपछि सरकार र गभर्नरबीच के भएको हो भन्ने  प्रष्ट हुने प्रचण्डको भनाइ छ।

अमेरिकाबाट आएको शंकास्पद ४० करोड रुपैयाँ छुटाउन अर्थमन्त्री जनार्दन शर्माले चलखेल गरेपछि गभर्नर र उनकाबीचको खटपट सतहमा आएको थियो। नेपाल राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुशन्धान दायरमा रहेको उक्त रकम छुटाउन मन्त्री शर्माले लिखित निर्देशन दिएका थिए ।

मन्त्रीको दबाव अस्विकार गर्दा रिसिवी साँध्न गैरकानुनी रुपमा आफुलाई निलम्वन गरिएको अधिकारीले आरोप लगाउँदै आएका छन् । मन्त्री शर्माले खातामा आएको डलर फुकुवा गर्न राष्ट्र बैंक सञ्चालक समितिका सदस्यले बार्गेनिङ गरेको आरोप लगाएका छन् । अर्थमन्त्री शर्माले अछामका पृथ्वीबहादुर शाह र उनको परिवारका सदस्यको खातामा अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक सदस्यले नै बार्गेनिङ गरेको आफूले सूचना पाएको दाबी गरेका छन् ।

उनले ती सदस्यले ३० हजार डलर माग गरेको पनि पनि बताएका छन् ।

विशेष