News

अक्सिजन प्लान्ट विस्फोटः मानिसका शरीरका टुक्रा तीन सय मिटरसम्म छरपस्ट

अक्सिजन प्लान्ट विस्फोटः मानिसका शरीरका टुक्रा तीन सय मिटरसम्म छरपस्ट

ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ। उक्त घट्नामा अन्य ५ जना गम्भिर घाईते भएका छन् । मृत्यु हुनेमा ४५ वर्षीय जिजु महतो रहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

घटनास्थल निकै भयावह अवस्थामा छ। मानिसका शरीरका टुक्रा झण्डै तीन सय परसम्म पनि भेटिएको र उद्योगको छाना केही बाँकी नरहेको सिडिओ घनश्याम उपाध्यायले वताएका छन् ।

घाइतेहरुलाई प्रहरीले तत्कालै उद्धार गरेर अस्पतालमा पठाएको उनले बताए । उद्योग विस्फोट हुँदा त्यहाँ १० जना कर्मचारी रहेको खुलेको छ। एक जनाको मृत्यु भइसकेको छ भने पाँच जना घाइतेहरु अस्पतालमा छन्। दुई जना उद्योग सन्चालकको सम्पर्कमा आएका छन् भने अन्य दुई जनाको अवस्था अज्ञात छ।

अक्सिजन भर्ने क्रममा प्लान्टमा एक्कासी विष्फोट भएको आवाज सुनिएको थियो। घटनास्थलमा सिडिओ उपाध्यायसहित महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाह तथा राष्ट्रिय अनुसन्धान विभागको टोली पुगेको छ ।

अक्सिजन प्लान्ट

विशेष