News

एमालेको सुर्य सिद्याउन हिडेका प्रचण्ड र माधवको थुतुनो जल्योः ओली

एमालेको सुर्य सिद्याउन हिडेका प्रचण्ड र माधवको थुतुनो जल्योः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘एमालेको सूर्य सिद्याउँछु भनेर खान हिँडेकाहरूको थुतुनो जलेको’ बताएका छन्। तत्कालिन नेकपाका नेताहरु माधव नेपाल र पुष्पकमल दाहालतर्फ लक्षित गर्दै उनले उनीहरुको थुतुनो जलेको बताए।

बिहीबार केन्द्रीय सल्लाहकार परिषदको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफुविरुद्ध १९ पृष्ठ लामो आरोपको पुलिन्दा अघि सारिएको विषयमा पनि चर्चा गरे। 

२८ वर्षसम्म पार्टीको नेतृत्व गरेका र प्रधानमन्त्री भैसकेका केही नेताहरु एमाले ध्वस्त पार्छौ भनेर छोडेको अवस्थामा आज पार्टीको वैचारिक स्पष्टता, सांगठनिक सुदृढता हुनु कम चुनौतिपूर्ण नभएको बताए ।  एमालेले लिएको नीति र विचारले देशलाई विकास र सुशासन दिनसक्छ भन्ने पुष्टि भएको दावी समेत गरे ।

ओलीले दाहाल र नेपालहरुले पार्टी छोडेपछि एमाले झन वलियो भएको भन्दै आगामी निर्वाचनमा बहुमत ल्याउने दावी गरेका छन् ।  

‘अबको निर्वाचनमा हामी बहुमत ल्याउन सक्छौ । ७४ मा भएको निर्वाचनमा पनि हामी सरकारमा थिएनौ । तर परिणाम राम्रो ल्याएका थियौ’, अध्यक्ष ओलीले भने, ‘यसपटक तराईका जनताले एमालेलाई मात्रै स्वागत गर्छन् । पहिलेको भन्दा स्थिति धेरै राम्रो छ । प्रवेश निषेध भएको प्रदेशमा एमालेले गढ बनाएको छ ।’ 


 

विशेष