अक्सिजन प्लान्ट विस्फोटमा मृत्यु हुनेको संख्या दुई पुग्यो

अक्सिजन प्लान्टमा भएको विस्फोटमा परि मृत्यु हुनेको संख्या दुई पुगेको छ। पाटन अस्पतालमा उपचारका क्रममा दिउँसो पौने २ बजे थप एक जना घाइतेको मृत्यु भएको छ ।
घाइतेमध्ये भारत घर भइ हाल ललितपुर–१८ बस्दै आएका २५ वर्षीय राजुकमार महतोको पनि मृत्यु भएको हो । उनलाई पाटन अस्पतालले मृत घोषित गरेको जनाईएकोछ।
ललितपुरको पाटन औद्योगिक क्षेत्रस्थित सगरमाथा अक्सिजन प्लान्टमा बिहीबार बिहान १० बजे विष्फोट भएको थियो। अक्सिजन भर्ने क्रममा अचानक विष्फोट हुँदा भारत, पश्चिम चम्पारमका ४५ वर्षीया बृज महतोको घटनास्थलमै मृत्यु भएको थियो ।
अन्य घाईतेलाई अस्पतालले डिस्चार्ज गरिसकेको महानगरीय प्रहरी परिसर, जावलाखेलका प्रवक्ता सिद्धिविक्रम शाहले जानकारी दिए ।