News

काठमाण्डौंको मेयरका लागि प्रकाशमान सिंहकी पत्नी श्रृजनाको नाम सिफारिस

काठमाण्डौंको मेयरका लागि प्रकाशमान सिंहकी पत्नी श्रृजनाको नाम सिफारिस

काठमाडौं महानगरपालिकाको मेयरमा काँग्रेस नेता प्रकाशमान सिंहकी पत्नी श्रृजनासहित ५ जना सिफारिस भएका छन् । नेपाली काँग्रेसको काठमाडौं महानगरपालिका समितिले मेयरको उम्मेदवारका लागि उनीहरुको नाम सिफारिस गरेको हो। 

बुधबार बसेको बैठकले नीलकाजी शाक्य, सिर्जना सिंह, हरिप्रभा खड्गी श्रेष्ठ, सुसन वैध र प्रगतिमान रंजितको नाम सिफारिस गरेको हो।  नगर समितिले प्रदेश कमिटीलाई सिफारिस गरेको नामावलीअनुसार १ नम्बरमा नीलकाजी शाक्यको नाम छ । यस्तै २ नम्बरमा प्रकाशमान पत्नी श्रृजना र त्यसपछि हरिप्रभा खड्गी, सुसन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस भएको छ । 

सत्तारूढ गठबन्धनले काठमाडौंको मेयर काँग्रेस र उपमेयर एकीकृत समाजवादीले लिने निर्णय गरेको थियो। तर महानगर समितिले उपमेयरका लागी सुशीला ढकाल र अमिता प्रधान शाक्यको नाम पनि सिफारिस गरेको छ।

यस् सत्तारूढ गठबन्धनले काठमाडौंको मेयर काँग्रेस र उपमेयर एकीकृत समाजवादीले लिने निर्णय गरेको थियो। 

अब काँग्रेसले ५ जनामध्येबाट टुंगो लगाउने नाम मै गठबन्धनबाट मेयरको साझा उम्मेदवार हुनेछन् । 

विशेष