News

अमेरिकाको ५ सदस्यीय संसदीय टोली किन आयो नेपाल ?

अमेरिकाको ५ सदस्यीय संसदीय टोली किन आयो नेपाल ?

नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्धको ७५औं वर्षगाँठको उपलक्ष्यमा सेनेटर क्रिस्टन जिलिब्रान्ड नेतृत्वको टोली तीन दिने नेपाल भ्रमणमा नेपाल आएको छ।

टोलीमा सेनेटरहरु (माथिल्लो सदनका) शेल्डन ह्वाइटहाउस, कोरी बुकर र मार्क केली, प्रतिनिधिसभा सदस्य मोन्डेयर जोन्स पनि छन् । उनीहरु सबै डेमोक्र्याटिक पार्टी आबद्ध हुन् । युक्रेनमाथि रुसी हमालाविरुद्धको एकमत बनाउन, हिमालय क्षेत्रमा जलवायु परिवर्तनबारे छलफल गर्न र द्विपक्षीय सम्बन्धलाई मुख्य एजेन्डा बनाएर उनीहरु शुक्रबार बेलुका काठमाडौं आइपुगेको छन् ।

अमेरिकी संसदीय टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य सरकारी अधिकारी तथा राजनीतिक दलका नेतृत्वसँग भेटघाट र विभिन्न विषयमा छलफल गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार उक्त टोली र परराष्ट्र मन्त्री नारायण खड्काबीच शनिबार बिहान सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता हुने छ ।

उनीहरुले मिनेन्द्र रिजालको नेतृत्वमा रहेको नेपाल–अमेरिका संसदीय मैत्री समितिसँग भेटवार्ता गर्नेछ । उनीहरुको अधिकांश कार्यक्रम शनिबारै हुने र आइतबार बिहान फर्कने कार्यक्रम छ ।

विशेष