News Breaking News

दुर्गाथलीमा माओवादीका बटालियन कमाण्डर तुफान बने गठबन्धनका साझा उम्मेदवार

दुर्गाथलीमा माओवादीका बटालियन कमाण्डर तुफान बने गठबन्धनका साझा उम्मेदवार

बझाङको दुर्गाथली गाउँपालिकामा  तीनदलिय गठबन्धनको साँझा उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता दिलबहादुर थापा 'तुफान' घोषणा भएकाछन् । माओवादी केन्द्रले दुर्गाथली गाउँपालिका अध्यक्षका लागि थापालाई उम्मेदवार बनाएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि थापालाई माओवादी केन्द्रले तिनदलिय गठबन्धनको साझा उम्मेदवारका रुपमा सर्वसम्मत घोषणा गरेको छ । 

अध्यक्षका उम्मेदवार थापा २०५८ सालमा माओवादीले सुरुगरेको शशस्त्र विद्रोहमा सहभागि भएका थिए । तत्कालिन माओवादीको लडाकु दस्ता जनमुक्ति सेनाको सिपाहीका रुपमा थापाले थुप्रै युद्ध अग्रपंक्तिमा रहेर लडेका थिए । थुप्रै युद्धहरु कुशलता पुर्वक लडेका थापा माओवादी शान्ति प्रक्रियामा आउँदासम्म जनमुक्ति सेनाको बटालियन सहायक कमाण्डरको जिम्मेवारीमा थिए । 

बझाङमा दुर्गाथली गाउँपालिका र छविसपाथिभेरा गाउँपालिका माओवादी केन्द्रको बलियो आधार इलका मानिन्छ  । माओवादीले तत्कालिन समयमा सुरु गरेको शशस्त्र द्धन्द्धमा यो क्षेत्रबाट सयौँ व्यक्तिले युद्ध रोजेका थिए । द्धन्द्धकालिन समयमा छविसपाथिभेरा गाउँपालिकाबाट मात्रै १४ जनाले शाहदत प्राप्त गरेका थिए । छविसपाथिभेरा गाउँपालिका माओवादी केन्द्रका सिनियर नेता देवराज रेग्मी, धर्मराज विक, तथा जनक बहादुर बुढाको गृह नगरसमेत हो । 

गठबन्धनको साँझा उम्मेदवार बनेका थापा ७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट बलिया प्रतिश्पर्धी हुन् । ७४ को निर्वाचनमा दुर्गाथली गाउँपालिकामा एमालेका प्रयागराज जोशीले १ हजार ५ सय ९० मत ल्याएर निर्वाचित भएका थिए भने माओवादीबाट थापाले १ हजार २४७ मत पाएका थिए । विगतको निर्वाचनमा माओवादीले एक्लै प्रतिश्पर्धा गर्दापनि करिब ३ सय मतको अन्तर रहेको थियो । नेपाली काँग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीको साँझा उम्मेदवारको रुपमा थापाले तीनपार्टीको मत पाउँदा प्रतिश्पर्धीभन्दा धेरै मतले उनी अगाडी हुने देखिन्छन् । 


को हुन् दिलबहादुर थापा तुफान?
तीन दलिय गठबन्धनको साँझा उम्मेदवार रहेका नेता दिलबहादुर थापा तुफान दुर्गाथली गाउँपालिका ०१ का स्थायी बासिन्दा हुन् । थापा २०५८ सालमा माओवादीले सुरुगरेको शशस्त्र विद्रोहमा सहभागि भएका थिए । तत्कालिन माओवादीको लडाकु दस्ता जनमुक्ति सेनाको सिपाहीका रुपमा थापाले थुप्रै युद्ध अग्रपंक्तिमा रहेर लडेका थिए । थुप्रै युद्धहरु कुशलता पुर्वक लडेका थापा माओवादी शान्ति प्रक्रियामा आउँदासम्म जनमुक्ति सेनाको बटालियन सहायक कमाण्डरको जिम्मेवारीमा थिए । जनमुक्ति सेनाको सातौँ डिभिजनमा रहेर लडेका थापा म्याग्दीको बेनी सदरमुकाम आक्रमण गर्दा घाइते भए । उनको खुट्टामा गोली लाग्यो । देशको व्यवस्था परिवर्तनका लागि लडेका थापा अझै शरिरमा गोली बोकेर हिँडिरहेकाछन् । 

कुन-कुन युद्धमा लडेका थिए तुफान?

नेकपा माओवादीका कार्यकर्ताले २०६० चैत ७ गते शनिबार राति सदरमुकाम बेनीमा भीषण आक्रमण गरेको थियो । पश्चिम डिभिजनको कमाण्डमा भएको बेनी आक्रमण जनयुद्धको आठ वर्षको अनुभवमा माओवादीले जिल्ला सदरमुकाममा गरेका नौ ओटा आक्रमणमध्ये सैन्य वल र आक्रमणको व्यापकताको दृष्टिले सबैभन्दा ठूलो र लगातार १२ घण्टाभन्दा बढी समय लडेर मध्ये दिनसम्म कब्जा गरेको पहिलो थियो जुन युद्धमा थापा अग्रपंक्तिमा लडेका थिए । बेनी आक्रमणमा माओवादीका विशेष क्षेत्रको पहिलो (मङ्गलसेन), भेरी(कर्णाली क्षेत्रको दोस्रो (सतवरिया), सेती(महाकाली क्षेत्रको तेस्रो (लिस्ने ग्राम) र गण्डक क्षेत्रको (बासु स्मृति) चौथो ब्रिगेड अन्तर्गतका ६ बटालियनका करिव ५ हजार माओवादी लडाकु सहभागी रहेको तत्कालीन माओवादीले दावी गरेको थियो । 


बेनी आक्रमणमा आउनु पूर्व माओवादी सेना रोल्पा जिल्लाको उत्तरपूर्वी थवाङमा जम्मा भई रुकुम जिल्लाको लुकुम हुँदै घुमाउरो बाटोबाट ढोरपाटन शिकार आरक्ष छिचोल्दै पश्चिम म्याग्दीको ताकम आएको थापा सम्झन्छन् । उनी भन्छन्, 'थवाङबाट घुमाउरो बाटो छिचोल्दै १७ दिन लामो पैदल यात्रापछि ०६० चैत ७ गते राति १० बजे हामी म्याग्दी सदरमुकाम पुगेका थियौँ । जिल्ला कारागार, प्रहरी र सैनिक व्यारेकमाथी आक्रमण भैइरहेको थियो । त्यही युद्धमा म लगाएत थुप्रै साथीहरु घाइते भयौँ । थुप्रै साथीहरु शहिद भए यद्यपी हामीले त्यो युद्ध जित्यौँ ।' 

थापाले तीन दलिय गठबन्धनको साँझा उम्मेदवार भएको हुनाले जनताप्रती अझै उत्तरदायी हुनुपर्ने बताएकाछन् । आफ्नै कार्यकालमा जनताले महशुस गर्नेगरी विकास गर्न प्रतिबद्ध रहने भन्दै मत दिन अनुरोध गरेकाछन् । 

शान्ती प्रक्रियापछि थापा माओवादी केन्द्रको युवादस्ता वाइसिएल नेपालमा आवद्ध थिए । वाइसिएलका पुर्व केन्द्रिय सचिवको समेत रहेका थापा अहिले वाइसिएलका सुदूरपश्चिम प्रदेश इन्चार्ज हुन् । युवाहरुवीच लोकप्रिय छन् । थापा गाउँपालिका अध्यक्षको उम्मदवार हुँदा अन्यपार्टीमा आस्था राख्ने युवाहरु पनि हर्षित भएर जितको शुभकामना व्यक्तगरिरहेका छन् । 

दुर्गाथली गाउँपालिका उम्मेदवार दिलबहादुर थापा 'तुफान'

विशेष