News

राजिनामा दिएका वडाध्यक्षले सचिवलाई गोरु कुटाई कुटे

राजिनामा दिएका वडाध्यक्षले सचिवलाई गोरु कुटाई कुटे

आफनो कार्यकाल सम्पन्न गरी विदा हुन लागेका सर्लाहीका एक वडाध्यक्षले शुक्रवार वडा सचिवलाई कुटेका छन् । बलरा नगरपालिका–७ का वडाध्यक्ष अवधेश मण्डलले आफ्नै वडाका सचिव रामेश्वर पण्डित गोरु कुटे झै कुटेका छन् ।

वडाध्यक्ष मण्डलले पदबाट राजीनामा दिएर वरबुझारथ गर्ने क्रममा सचिवमाथि कुटपिट गरेका हुन । मण्डलले एक पटक समानसहितको भरपाईमा सही गराएर थप भरपाई ल्याएपछि त्यसमा सही गर्न नमानेका कारण आफूलाई कुटेको पण्डिले बताए ।

‘वडा कार्यालयमा भएका सबै सामान बरबुझारथ गरेको र आफूले जिम्मा लिएको कागज गरिदिएको थिएँ। उनले फेरि अर्को कागज ल्याए, जुन कागजमा मैले सही गर्न मिल्ने थिएन, इन्कार गरेपछि कुर्सीले टाउकोमा वजाए।’

वडाध्यक्षको कुटाइबाट घाइते भएका पण्डितको टाउकोमा १६ वटा टाँका लागेको छ। उनी स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरेपछि थप उपचारका लागि सर्लाही अस्पतालमा पुगेका छन्।

वडाध्यक्ष मण्डलले भने आफूले कसैलाई कुटपिट नगरेको बताए । 
 

विशेष