News

ओलीको दावीः समुन्द्रसम्म पुग्ने र अन्तरिक्षमा स्याटेलाइट पठाउने एमाले

ओलीको दावीः समुन्द्रसम्म पुग्ने र अन्तरिक्षमा स्याटेलाइट पठाउने एमाले

नेकपा (एमाले) ले शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले ४८ पृष्ठको सो घोषणा पत्र सार्वजनिक गरे।

नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसर पारेर सार्वजनिक गरिएको घोषणापत्रमा पार्टीले विगतमा गरेका जनपक्षीय काम कारबाहीका साथै आगामी दिनका योजना सविस्तार व्याख्या गरिएको छ । यस्तै एमालेले घोषणापत्रमा धरहराको निर्माणदेखि रेल र पानीजहाजसम्मको तस्बिर प्रस्तुत गरेर आफू सरकारमा हुँदा गरेको जस लिन खोजेको छ ।  

घोषणापत्रमा खासगरी १७ वटा प्रतिवद्धता छ । गुणस्तरीय शिक्षासँगै निरोगी नेपाल, स्वास्थ नेपाली स्वच्छ खानेपानी, सफा बस्ती र राम्रो आनीबानी, आधुनिक उर्जा ः उज्यालो पालिका, उन्नत कृषि ः किसानको समृद्धि, सहज आवागमनको आधार ः दिगो यातायात पूर्वाधार, एकीकृत वस्ती, योजनावद्ध सहरी विकास ः विकसित पालिका, सुरक्षित आवास, औद्योगीकरण र आर्थिक वृद्धि ः स्वदेशमै रोजगारी सम्मान र समृद्धि, उद्यामशीलता र रोजगारी ः समृद्धिका लागि सहकारी, मौलिक कला र संस्कृति ः पर्यटनबाट समृद्धि, सबल राष्ट्रका लागि स्वस्थ र सिर्जनात्मक युवा लगायत छन् ।

यसैगरी, समानताको महिला यात्रा ः समाजवाद–उन्मुख राज्यको विशेषता, खुशी जेष्ठ नागरिक, सुखी बालबालिका ः अपाङ्गमैत्री सबै पालिका, जलवायु अनुकूलन र विपद् व्यवस्थापन ः विकास र वातावरणबीच सन्तुलन, समुन्नत लोकतन्त्रको आधार ः मेलमिलाप, न्याय र मानवअधिकार, संरचनागत तथा कानुनी सुधार र प्रभावकारी समन्वय, संस्थागत सुदृढीकरण ः योजनावद्ध विकासलाई आफ्नो घोषणापत्रमा प्रतिवद्धता जनाएको छ ।


चुनावी घोषणापत्रमा एमालेले विभिन्न महत्वाकांक्षी योजना सुनाएको छ। प्रत्येक जनताको घर–घरमा निःशुल्क बिजुली, दुई वर्षभित्र हरेक घरमा खानेपानी, सडक पुग्न नसक्ने गाउँमा केबलकार लगायत योजना एमालेले घोषणापत्रमा समावेश गरेको छ। 

घोषणापत्रमा समावेश विषयलाई बुँदागत रुपमा भन्दै ओलीले भारतले अतिक्रमण गरेको भूभाग समेटेर चुच्चे नक्सा बनाउने, अन्तरिक्षमा स्याटेलाइट पु¥याउनेदेखि सडक मानवमुक्त अभियानसम्मका काम एमालेले गरेको जिकिर गरे। 

ओलीको नजरमा एमालेका उपलब्धि
–समुन्द्रसम्म पुग्ने एमाले।
–अन्तरिक्षमा पुग्ने एमाले।
–धर्तीको अर्बिट पार गरेर अन्तरिक्षमा स्याटेलाइट पठाउने एमाले।
–चुच्चे नक्सा बनाउने एमाले।
–देशभक्त र जनताको पार्टी एमाले।
–देशका अशक्त, वृद्धवृद्धा सम्झिएर वृद्धभत्ता बढाउने एमाले।
–सेना, प्रहरी, कर्मचारीको सेवा सुविधा बढाउने एमाले।
–मधेशमा नागरिकताको समस्या समाधान गर्ने एमाले।
–सुनकोशी मरिन डाइभर्सनको पहरो फोडेर तराईमा सिँचाइ पु¥याउने एमाले।
–हुलाकी पैदल बाटोलाई मेची–महाकाली हुलाकी राजमार्ग बनाउने एमाले।
–पूर्वपश्चिम र मदन भण्डारी राजमार्ग नयाँ बनाउने, एमाले।
–जनकपुरमा रेल ल्याउने एमाले।
–रेल किनेर ल्याएर कुदाउने एमाले।
–गरिबलाई घर बनाएर वितरण गर्ने एमाले।
–खरका छानालाई विस्थापित गरेर जस्तापाता दिने एमाले।
–भूकम्पले ध्वस्त पारेको नेपाललाई पुनःनिर्माण गरेर हस्तान्तरण गर्ने एमाले।
–सडक मानव मुक्त बनाउने एमाले।
–मेलम्चीको पानी ल्याउने एमाले।
–देशको अर्थतन्त्र ७ प्रतिशतभन्दा बढी बनाउने एमाले।
–बालबालिकालाई भर्ना अभियान अघि बढाउने एमाले।
 

नेकपा एमालेको ​घोषणापत्रको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोसः

नेकपा (एमाले)

विशेष