News

उम्मेदवार छनौटमा बैमानी गरेको भन्दै माओवादी प्रदेश सहसचिवको रामधुलाई

उम्मेदवार छनौटमा बैमानी गरेको भन्दै माओवादी प्रदेश सहसचिवको रामधुलाई

उम्मेदवार छनौटमा बैमानी गरेको भन्दै नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका सहसचिव लालकेश जैशीलाई असन्तुष्ट आकांक्षीले कुटेका छन् । गोलाप्रथाबाट उम्मेदवार छनौट गरेपछि जैशीले कुटाई खाएका हुन।

माओवादीबाट हुम्लाको चंखेली गाउँपालिकाको अध्यक्षमा गोला प्रथाबाट उम्मेदवार छनौट गरिएको थियो। गोलाप्रथाबाट गोविन्दबहादुर शाहीलाई गाउँपालिका अध्यक्षको उमेदवारमा छनौट गरिएको छ।

त्यसपछि आकांक्षी ८ जना मध्येका धुर्वबहादुर शाहीले पक्षपातपूर्ण तरिकाले उमेदवार छनौट गरेको भन्दै जैशीमाथि हातपात गरेका हुन् । आकांक्षी आठजनामध्ये दुईजनाको मात्रै गोलाप्रथा भएको भन्दै असन्तुष्टि जनाएको शाहीले बताएका छन् । अन्य आकांक्षी पनि असन्तुष्ट रहेको जनाईएको छ।
 

विशेष