News

मेयरमा उम्मेदवारी दिन मन्त्रीबाट राजिनामा

मेयरमा उम्मेदवारी दिन मन्त्रीबाट राजिनामा

मेयरमा उम्मेदवारी दिन मधेश प्रदेशका कानुन, न्याय तथा प्रदेश सभा मामिलामन्त्री प्रमोद यादवले राजीनामा दिएका छन् । नेकपा (एकीकृत समाजवादी)बाट मन्त्री बनेका यादवले शुक्रबार साँझ पदबाट राजीनामा दिएका हुन् ।

वैशाख ३० को स्थानीय तहको चुनावमा सिराहा नगरपालिकाको मेयरमा चुनाव लड्न राजीनामा दिएको उनले बताएका छन् । उनी प्रदेश सभाको चुनावमा सिराहा निर्वाचन क्षेत्र नम्बर ३ को ’ख’ बाट निर्वाचित भएका थिए ।

मन्त्री र मेयरको पद सानो ठूलो जे भए पनि मेयर बनेर जनताको सेवा गर्ने इच्छा रहेको उनको भनाइ छ। ‘त्यहाँका जनता, शुभचिन्तक, साथीभाइ, व्यवसायीको मनसाय रहेकाले मेयरमा लड्न मन्त्री पदबाट राजीनामा दिएको हुँ।’ उनलेभने।

एकीकृत समाजवादीबाट सिरहाको मेयर पदमा उनको मात्र नाम सिफारिस भएको छ। यसअघि रौतहटका एक सांसदले पनि राजीनामा दिएका थिए ।
 

विशेष