News Breaking News

एमालेका ठुला नेतासँग तस्विर खिच्दै ठगी धन्दा चलाउने पक्राउ 

एमालेका ठुला नेतासँग तस्विर खिच्दै ठगी धन्दा चलाउने पक्राउ 

एमालेका ठूला नेताहरूसँग तस्विर खिच्दै सामाजिक सञ्जालमा राखेर ठगी गर्ने व्यक्ति पक्राउ परेकाछन् । चेक अनादर मुद्दामा फरार रहेका बैतडीको शिवनाथ गाउँपालिका १ का  मुकेश राम तिरुवालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । तिरुवालाई कन्चनपुर जिल्ला अदालतबाट गत फागुन १८ गते चेक वाउन्स गरेको भन्दै २ वर्ष कैद तोकेको थियो । अदालतको आदेश लगत्तै फरार तिरुवालाई बैतडीको शर्माली प्रहरी चौकीबाट खटिएको टोलीले राति ११ बजे घरबाटै पक्राउ गरेको हो । 

पक्राउ परेका तिरुवा एमालेका ठुला नेताहरुसँग निकट सम्बन्ध भएको भन्दै विभिन्न व्यक्तिहरुबाट प्रलोभन देखाएर रकम असुल्दै आएको पिडितहरुको गुनासो छ । तिरुवाबाट ठगिएका एक व्यक्ति भन्छन्, 'उनको सम्बन्ध एमाले नेता तथा बैतडीबाट सांसद दामोदर भण्डारी, पञ्चेश्वर गाउँपालिका अध्यक्ष तथा एमाले नेता गोरख चन्द, वडानं २ का वडाध्यक्ष तथा एमाले नेता दशरथ मंगोला, प्रदेश सांसद तथा एमाले केन्द्रीय सदस्य लिलाधर भट्ट, एमाले नेता पुरन सिंह दयाल, एमाले नेता विष्णु पौडेल, शंकर पोखरेल, योगेश भट्टराईदेखि केपी ओलीसम्म रहेको भनेर प्रलोभन देखाउँथे ।  तिरूवाले नेपाल प्रहरी, सेनामा भर्ती गराईदिन्छु भन्दै धेरै सर्वसाधारणहरूबाट लाखौं रूपैयाँ ठगेका छन् ।' 

यस विषयमा पक्राउ परेका व्यक्तिसँग आफ्नो कुनै सम्बन्ध नभएको भन्दै बैतडीको पञ्चेश्वर गाउँपालिका २ का वडाध्यक्ष दशरथ मँगोलाले आपत्ती जनाएकाछन् । उनी भन्छन्, 'मेरो सयौं सुभचिन्तकहरु होलान् । हजारौं चिन्नेहरु होलान् कसैको घरेलु लेनदेनको बिषयमा मलाइ जोडनु मुर्खता हो । उल्लेखित मान्छेसंग मेरो कुनै सम्बन्ध नरहेको र परिचयकै आधारमा फेक आइडी खोलेर मेरो बदनियतपुर्ण तरिकाले कुप्रचार गर्नु निन्दनिय छ ।' 

ठगी धन्दा पक्राउ

विशेष