News

उपसचिवको जागिर छोडेर मेयरको तयारी, यस्तो छ कारण

उपसचिवको जागिर छोडेर मेयरको तयारी, यस्तो छ कारण

आसन्न स्थानीय तह निर्वाचनमा मेयरको उम्मेदवार वन्न एक जना उपसचिवले राजिनामा दिने तयारी गरेका छन् । नवलपरासीको देवचुली नगरपालिकामा मेयरमा उठ्नका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव विष्णुप्रसाद भुसालले राजीनामा दिन लागेका हुन् । 

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले देवचुली नगरपालिकामा मेयरको टिकट दिलाउने आश्वासन दिएपछि उनी उपसचिवको जागिर छोड्न लागेको वताईएको छ। भुसालले पूर्णरुपमा राजनीतिमा होमिनका लागि राजीनामा दिन लागेको बताए ।

भुसालले देवचुली नगरपालिकामा प्रमुख प्रशासकीय भएर काम गरिसकेका छन् । उनले नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालासहित ठुला नेताहरुसँग एक चरणको कुरा भइसकेकोले मेयरको टिकटको विषयमा विश्वस्त भएको बताए ।

आफूलाई देवचुलीको समस्या र त्यहाँ उठाउनुपर्ने मुद्दाहरु थाहा भएकोले मेयर पद सुहाउँदो भएको दाबी पनि गरे । उनले २५ वर्षे निजामति सेवा पूरा गरिसकेका छन् । 
 

विशेष