News Breaking News

देउवाको गृह प्रदेशमा गठबन्धनको भुइँचालोः कांग्रेसका सभापतिसहित ९१ जनाले दिए सामूहिक राजीनामा

देउवाको गृह प्रदेशमा गठबन्धनको भुइँचालोः कांग्रेसका सभापतिसहित ९१ जनाले दिए सामूहिक राजीनामा

सत्ता गठबन्धनले काङ्ग्रेस भित्र आन्तरिक किचलो सुरु भएको छ ।


स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै कैलालीमा पनि वडा सभापतिसहितका ९१ जनाले सामूहिक राजीनामा दिएका छन् । कैलाली प्रधानमन्त्री तथा काँगेस सभापति शेरबहादुर देउवाको बसोबास रहेको जिल्ला हो । देउवा पत्नी आर्जुले अघिल्लो संघिय चुनावमा धनगढीमा घर किनेकी थिइन् । 

जिल्लाको धनगढी उपमहानगरपालिका–१८ का वडा सभापति भक्तबहादुर थापासहितका क्रियाशील सदस्यहरूले शुक्रवार काङ्ग्रेसका विभिन्न निकायमा राजीनामा बुझाएका हुन् ।

गठबन्धन

विशेष