News

चन्द्रागिरिका वडाध्यक्ष किन बाड्दै थिए महिलालाई झिल्के साडी?

चन्द्रागिरिका वडाध्यक्ष किन बाड्दै थिए महिलालाई झिल्के साडी?

चन्द्रागिरि नगरपालिकाको वडा न ८ का वडाध्यक्ष सन्तोष खड्काले आफ्नो वडाका महिलालाई शनिवार साडी बाड्ने कार्यक्रम राखेका थिए । वडाध्यक्ष खड्काले सरकारी रकमबाट वडामा सारी वितरण गर्ने कार्यक्रम राखेपनि निर्वाचन आयोगले त्यसमा रोक लगाएको छ । 

निर्वाचनको मुखैमा वडाध्यक्षले महिलालाई झिल्के साडी बाड्न लागेको वडा कार्यालयको पत्र बाहिरिएपछि सामाजिक सञ्जालमा आलोचना भएको थियो । निर्वाचन आचारसंहिता विपरित भएको भन्दै निर्वाचन आयोगले साडी वितरण नगर्न पत्राचार गरेको छ । 

किन बाड्दै थिए वडाध्यक्षले साडी?
चन्द्रागिरि नगरपालिका वडा नं ८ को कार्यालयमा वडाका महिलाले साडी पाऊँ भनी आवेदन दिएकाले साडी बाड्ने कार्यक्रम राखिएको वडा कार्यालयले जनाएको छ ।

महिलाहरुलाई आज वडा कार्यालयबाट साडी बाढ्न लागेको वडा सदस्य कृष्णमाया रम्तेलले स्वीकारिन् ।

वडाले लक्षित वर्गको एकलाख ५० हजार बजेटबाट वडामा रहेका दुईवटा आमा समूहलाई १२५ थान साडी बितरण गर्न लागिएको उनले बताइन् ।

उनले भनिन्, ‘वडामा रहेका दुईवटा आमा समूहले वडामा निवेदन दिएका कारण आमासमुहमा रहेका महिलाहरुमा एक रुपता ल्याउनका लागि वडाले साडी बितरण गर्न लागेको हो ।’

यस विषयमा बुझ्न वडाध्यक्षलाई सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।

वडाध्यक्ष साडी

विशेष