News

विराटनगरमा उपेन्द्रका छोरालाई टिकट, मेयर लडेका उमेश जसपाट आउट 

विराटनगरमा उपेन्द्रका छोरालाई टिकट, मेयर लडेका उमेश जसपाट आउट 

विराटनगर महानगरपालिकमा पार्टीकातर्फबाट अध्यक्ष उपेन्द्र यादवका छोराले टिकट पाउने निश्चित भएपछि अघिल्लो स्थानीय तह निर्वाचनमा मेयर उठेका उमेश यादवले जनता समाजवादी पार्टी छोडेका छन् ।

शनिवार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेका यादवले जसपा एक्लै चुनाव जित्न सक्ने ठाउमा मेयर अरूलाई दिएर पार्टीले गद्धारी गरेको आरोप लगाए । विराटनगर महानगरपालिकामा गठबन्धन हुँदा मेयरमा कांग्रेस र उपमेयर जसपालाई दिने सहमति भएको थियो । गठबन्धन गर्ने केन्द्रले निर्णय गरेपछि यादवले त्यसको विरोध गरेका थिए । 

पार्टीको भागमा परेको उपमेयरमा पनि उपेन्द्रले आफनै छोरा अमरेन्द्र यादवको नाम सिफारिस गरेको भन्दै स्थानीय नेता÷कार्यकर्ता रुष्ट वनेका छन् ।  ‘विराटनगरमा गठबन्धन जरूरी थिएन। गठबन्धन गर्ने निर्णय गलत भयो’ उनले भने–‘यही कारणले मैले पार्टी त्यागेर स्वतन्त्र बस्ने निर्णय गरेको छु।’

मेयरमा उम्मेदवारी दिने/नदिनेबारे निर्णय लिई नसकेको उनले वताए । ०७४ को निर्वाचनमा उनी जसपाबाट मेयरका उम्मेदवार थिए । उनी १४ हजार ९५८ मतसहित तेस्रो भएका थिए।
 

उमेश यादव

विशेष