News

नेपालगञ्जमा गठवन्धन भाँडियो, माओवादी एक्लै चुनाव लड्ने

नेपालगञ्जमा गठवन्धन भाँडियो, माओवादी एक्लै चुनाव लड्ने

नेपालगञ्जमा गठवन्धन भाँडिएपछि नेकपा माओवादी केन्द्रले एक्लै चुनाव लड्ने घोषणा गरेको छ। सत्तारुढ गठबन्धनको केन्द्रीय नेतृत्वले गरेको सहमतिमा चित्त नबुझेपछि नेकपा माओवादी केन्द्रले नेपालञ्ज उपमहानगरपालिकामा एक्लै चुनाव लड्ने घोषणा गरेको हो ।

नेपालगञ्जका माओवादी नेताहरुले शनिवार पत्रकार सम्मेलन गरी नेपालगञ्ज तथा नेपालगञ्जको २३ वटै वडामा एक्लै चुनाव लड्ने घोषणा गरे। नेपालगञ्जमा मेयर र उपमेयर पद आफ्नो पार्टीको भागबण्डामा नपरेपछि गठवन्धनमा रहिरहन नसकेको उनीहरुले वताए ।

शिर्ष नेतृत्वले नेपालगञ्जको मेयर जनता समाजवादी पार्टीलाई र उपमेयर नेपाली कांग्रेसलाई दिने सहमति भएको थियो । ०७४ सालको स्थानीय तहको निर्वाचनामा पाएको मतपरिणाम र गठबन्धन दलको हिसाबमा माओवादी केन्द्र दोस्रो स्थानमा रहे पनि नेपालगञ्जमा उपमेयरसमेत नपाएकाले एक्लै चुनाव लड्ने निर्णय गरिएको माओवादीका बाँके जिल्ला अध्यक्ष रतन शाहीले बताए ।

‘अपमानित भएर बस्न सक्दैनौं । हामीले मेयर, उपमेयर नभए पनि १५ वडा मागेका थियौं । त्यो माग पनि पूरा गरिएन । त्यसैले उपमहानगरको सन्दर्भमा हामी एक्लै लड्छौं’– उनले भने। माओवादी केन्द्र वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रमुख, उपप्रमुखसहित २३ वटै वडामा प्रतिस्पर्धा गर्ने घोषणा उनको घोषणा छ। 

विशेष