News

कांग्रेसका शिर्ष नेताहरु मध्यराती उम्मेदवारको विषयमा विवाद गर्न थालेपछि...

कांग्रेसका शिर्ष नेताहरु मध्यराती उम्मेदवारको विषयमा विवाद गर्न थालेपछि...

उम्मेदवार टुङ्गो लगाउन शुक्रवार मध्यरातसम्म वसेको नेपाली कांग्रेसका शीर्ष नेताको बैठकले निस्कर्षविहिन भएको छ। गुट विशेषका नेताहरुले आ–आफ्नो पक्षबाट सिफारिस भएका नाममा अडान नछोडेपछि वैठक निस्कर्षमा पुग्न नसकेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई चरणमा गरी शीर्ष नेताहरु वैठकमा वसेका थिए । वर्तमान र पूर्वपदाधिकारीको बैठकमा नेता शेखर कोइरालालाई पनि आमन्त्रण गरिएको थियो ।

वैठकमा विराटनगरको मेयरका लागि नागेश कोइराला, भीम पराजुली, डीला संग्रौला र अमृत अर्यालको विषयमा बढी छलफल भएको थियो । कोइरालाको पक्षमा नेता डा शेखर कोइराला र वर्तमान मेयर भीम पराजुलीको पक्षमा नेता कृष्ण सिटौली उभिएका थिए ।

शेखरले नागेश, सिटौलाले भीमको नाम लिए भने देउवा पक्षका कसैले डिला र कसैले अमृतको नाम लिएका थिए । 

काठमाडौंको मेयरका सिर्जना सिंहको नाम टुंगिएकाले खासै चर्चा भएन। भरतपुरको उपमेयरमा दीर्घमान श्रेष्ठको नाममा करिव सहमति जुटेको छ। एक नेताका अनुसार मन्त्री उमेश श्रेष्ठले दीर्घमानलाई भरतपुरको उपमेयर बनाउन सक्रियता देखाएका छन् ।

पोखराको उपमेयरमा पनि नेताहरू बीच सहमति जुट्न सकेको छैन। ललितपुरका विषयमा छलफल प्रवेश नै गरेन । शीर्ष तहका नेतामा सहमति जुटेपछि कार्यसम्पादन समितिले ति नाम अनुमोदन गर्ने तयारी गरिएको थियो ।

शीर्ष नेतामा सहमति नभएपछि शनिबार कार्यसम्पादनको बैठकमा उम्मेदवार टुंगाउन छलफल हुनेछ । कार्यसम्पादन समितिको बैठक शनिबार बिहान ११ बजे बोलाइएको छ । कांग्रेसको विधान अनुसासर महानगरको प्रमुख र उपप्रमुखको टिकट केन्द्रीय संसदीय समितिले वितरण गर्ने व्यवस्था छ । संसदीय समिति नै गठन नगरि उम्मेदवार टुंगाउने कसरतमा नेताहरू छन् ।
 

विशेष