News

आगलागि हुँदा एकै परिवारका ४ बालबालिकाको मृत्यु

आगलागि हुँदा एकै परिवारका ४ बालबालिकाको मृत्यु

जुम्लामा शुक्रवार राती आगलागी हुँदा एकै परवारका तीनसहित चार बालबालिकाको मृत्यु भएको छ। जुम्लाको तिला गाउँपालिका–३ सार्कीबाडामा भएको आगागिमा परी १४ वर्षीया तिर्सना सार्की, ११ वर्षीया अनु सार्की, ३ वर्षीया दर्शना सार्की र १ वर्षीय दिपेश सार्कीको मृत्यु भएको हो ।

स्थानीय मानसिंह सार्कीको घरमा राती अचानक आगलागि भएको थियो। राति करिव साढे ११ बजे भएको आगागिमा मृत्यु भएका तीन जना बालवालिका मानसिंहका छोराछोरी हुन् भने १४ वर्षीया तिर्सना उनकी भान्जी हुन् । उनी चार दिन अघि मात्रै मामा घर पुगेको जनाईएको छ।

सदरमुकाम खलंगादेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो । आगलागीले तीनतले घरको दुई तला पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । आगलागि हुँदा मानसिंहको परिवार कामका लागि घर बाहिर निस्केका थिए। घरमा फर्कँदा आगो लागेर घर जलिरहेको देखेको प्रहरीले जनाएको छ ।

घटनापछि मानसिंह सार्की, फागुनी सार्की र मानसिंहकी बहिनी रुन्चकली सार्की बेहोस अवस्थामा छन् । मृतकको शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा राखिएको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी नरेन्द्र चन्दले जानकारी दिए । 

आगलागी बालबालिकाको मृत्यु

विशेष