विधुवा विद्याको सारीमा रातो छर्केर किशुनजीलाई हराउने केशव स्थापित !

विधुवा विद्याको सारीमा रातो छर्केर किशुनजीलाई हराउने केशव स्थापित !

नेकपा एमालेले आसन्न स्थानीय तह निर्वाचनमा पूर्वमेयर केशव स्थापितलाई काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवार बनाउने लगभग पक्का जस्तै छ। स्थापितलाई मेयर बनाउने आधिकारिक निर्णय भने आज वस्ने सचिवालय बैठकले गर्दैछ।

एमाले नगर कमिटीले स्थापितको नाम २ वैशाखमै सिफारिस गरेको थियो। उनीसहित ५ जनाको नाम सिफारिसमा परेको छ। जसमा वहालवाला प्रमुख विद्यासुन्दर शाक्य, संघीय सांसद रामवीर मानन्धर, निर्मल देउला र नेकपा एकीकृत समाजवादीका प्रदेश सांसद वसन्त मानन्धरकी पत्नी इन्दिरा पन्तको नाम छ।

हाल बागमती प्रदेशसभा सदस्य रहेका स्थापित २५ वर्षपछि दाश्रो पटक काठमाडौं महानगरको बागडोर सम्हाल्ने तयारीमा छन् । उनलाई ५ मध्ये सबैभन्दा हेविवेट उम्मेदवारका रुपमा हेरिएको छ। पाँच दलिय गठबन्धनलाई चुनौती दिन सक्ने उम्मेदवारका रुपमा स्थापितलाई अगाडि सारिएको हो ।

स्थापित राजनीतिका चतुर खेलाडि मानिन्छन् । ०५० साल जेठ ३ गते भएको रहस्यमय सडक दुर्घटनामा तत्कालिन पार्टी महासचिव मदन भण्डारीको निधन भएपछि उनकी धर्मपत्नि विद्या भण्डारी (हाल राष्ट्रपति) लाई राजनीतिमा स्थापित गर्न महत्वपूर्ण योगदान स्थापितको छ। मदनको निधनपछि गरिएको उपनिर्वाचनमा नेपाली कांग्रेसका नेता एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराउँदै भण्डारी सांसद् निर्वाचित हुनमा स्थापितको योगदान महत्वपुर्ण मानिन्छ।

दासढुङ्गा प्रकरणलाई राजनीतिकरण गरी विद्यादेवी भण्डारीलाई सामान्य गृहणीबाट राष्ट्र प्रमुख बनाउने प्रमुख पात्र हुन, स्थापित। भण्डारीलाई चुनाव जिताउन आफुले निर्वाह गरेको भुमिकालाई उनले धक नमानीकन स्विकारेका छन् । राम्रो कामको मात्रै जस लिन खोज्ने अहिलेको समाजमा ‘सत्य कुरा’ निर्धक्क स्विकार्न सक्ने र कमजोरीलाई पनि ग्रहण गर्न सक्ने ब्यक्तिका रुपमा स्थापित भएका छन्, स्थापित। 

भण्डारीको चुनाव प्रचार–प्रसार अभियानका मुख्य सारथी स्थापितले ‘नेपाल आज’ अनलाइनसँगको भिडियो अन्तवार्तामा भनेका छन्–‘विद्या भण्डारीलाई चुनाव जिताउँन जे जस्ता काम भए, त्यो मेरै योजनामा भएको हो । कमजोरी भएको भएपनि म स्विकार्छु, यदि त्यो कारणले राम्रो भएको रहेछ भने पनि त्यसको जस मैले पनि पाउनु पर्छ।’

त्यो घट्नापछि संकटपूर्ण अवस्थामा पनि राजनीतिलाई कसरी आफनो पक्षमा पार्न सकिन्छ भन्ने उदाहरण पनि हुन, स्थापित। ‘एमालेकै नेताहरु भन्थे ‘कृष्णप्रसाद भट्टराईका सामु विद्याको के तुलना हुन्छ र ? फेरी उहाँ वोल्न पनि नजान्ने । मञ्चमा पनि अरुले भाषण गर्ने हो, वहाँलाई त उभ्याउने न हो भन्थे हाम्रै नेताहरु’– उनले भनेका छन् ।

राजधानीका प्रवुद्व मतदाताको अघि उनलाई मदन भण्डारीकी विधुवा भनेर मात्र जिताउन सक्ने अवस्था थिएन । स्थापितले उपाय लगाए । शुरुमा व्यवशायीक फोटोग्राफर लगेर ‘फोटो सुट’ गराए । सेतो सारीमा घुम्टो ओडेको तस्वीरलाई ‘जनता की छोरी’ का रुपमा ब्राण्डिङ गरे । ‘वीस वाई वीस’ साइजको पोष्टर डिजाइन गरी आफ्नै प्रेसमा छापे र क्षेत्र नम्वर १ का मुख्य चोक चोकमा टा“स्ने प्रवन्ध मिलाए । 

स्थापितले भनेका छन् ‘विद्या मेरो नेताकी पत्नी । हार्न लागिन भन्ने मलाई भयो, जिताउनै पर्छ भनेर उपाय लगाएँ । पहिला केही मानिस परिचालन गरी ति पोष्टरमा गोवर, कालो मसी र रातो रंग छ्याप्न लगाए ।’

चावहिलमा एमालेको चुनावी सभा हुदै थियो । त्यो कार्यक्रमको उद्घोषक स्थापित आफै थिए । अघिल्लो दिन नै त्यो सभामा के भन्ने, कसरी वोल्ने भन्ने वारे विद्यालाई प्रशिक्षित गरियो । अनी सभामा उद्घोषण गर्दै स्थापितले भनिदिए ‘कांग्रेसले यो के हर्कत गरेको ? एउटा विधुवाको पोष्टरमा गोवर लगाउने, कालो र रातो रंग छ्याप्ने ? कांग्रेसीहरु पराजित मानसिकतामा पुगिसके र यस्तो घृणित काम गरि रहेका छन् ।’

स्थापितको त्यही उद्घोषणलाई आधार मानेर कांग्रेसीले विद्याको सारीमा रातो रंग छरे भन्ने व्यापक प्रचार गरियो । स्थापितको उद्घोषणलाई आधार मानेर मिडियाले समाचार बनाए । सभामा विद्याले भनेकी थिइन ‘मलाई विधुवा भनेर हेप्नेहरुलाई म भन्न चाहन्छु मेरो यो सेतो सारी कात्रो हो । अव म मैदानमा आएँ।’ 

एक जना भिडियोग्राफर हायर गरी विद्याको भाषण खिच्ने प्रवन्ध पहिले नै गरिएको थियो । अनी त्यही भाषणको क्यासेट वनाएर चोक चोकमा विक्रि गरियो । स्थापितले भनेका छन् ‘त्यो वेला म आफै तीस वर्षको थिए । आफ्नो पार्टीको उम्मेद्ववार जिताउन ठिकै गरे जस्तो लाग्यो । तर अहिले आएर सोच्छु, कृष्णप्रसाद भट्टराईलाई नहराएको भए हुन्थ्यो की ? तर सत्य चाहीँ के हो भने मैले नचाहिने काम गराएर विद्या भण्डारीलाई जिताएकै हो, नत्र हारेकै हो ।’

स्थापितले नेपाल आजसँग गरेको कुराकानीलाई तोडमोड तथा अनाधिकृत रुपमा सम्पादन गरी वंग्याएर सामाजिक सञ्जालमा प्रयोग गर्न थालिएको छ। उक्त अन्तर्वार्ताको पुरा भिडियो यस्तो छ।

यो पनि,

काठमाण्डौंमा गठवन्धन विरुद्ध एमालेको ‘मिसाईल’– केशव स्थापित उम्मेदवार

‘महाराज’ केसब स्थापित फेरी काठमाण्डौंको ‘नगरपिता’ हुने !

केशव स्थापित विद्यादेवी भण्डारी

संम्बधित खबर

विशेष