News

गठवन्धनभित्र नेता नेपालको असन्तुष्टि– आशावादी/उत्साही हुने स्थिति छैन

गठवन्धनभित्र नेता नेपालको असन्तुष्टि– आशावादी/उत्साही हुने स्थिति छैन

पाँच दलीय गठबन्धनबीच जिल्ला तहमा भइरहेको स्थानीय तहको सिट बाँडफाँटप्रति नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि जनाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भागवण्डाको विषयमा असन्तुष्टि जनाएका हुन ।

उनले जिल्ला तहको रिपोर्टले आफूहरुलाई उत्साही नबनाएको धारणा राखे । अध्यक्ष नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको ठाउँमा आफ्नो पार्टीको पहिलो हक लाग्ने सहमति भएपनि सोही अनुसार जिल्ला तहको सिट बाँडफाँट नभएको बताए ।

‘पाँच दलीय गठबन्धनबीच महानगरपालिका र उपमहानगरपालिकामा गरिएको पदहरुको बाँडफाँट उत्साहवद्र्धक थियो । र यसले राम्रो सन्देश पनि दिएको छ’ उनले भने–‘तर विभिन्न जिल्लाको रिपोर्ट सुन्दाखेरी त्यति आशावादी÷उत्साही हुने स्थिति छैन।’

अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा मनोनयनकै बेला विद्रोही उम्मेदवार उठाएर आफ्नो पार्टीलाई हराउने षड्यन्त्र एमालेले गरिरहेको आरोप पनि लगाए ।

माधवकुमार नेपाल

विशेष