News

पोखरामा मेयर माग्दै कांग्रेस वडा सभापतिले गरे कार्यालयमा नारावाजी

पोखरामा मेयर माग्दै कांग्रेस वडा सभापतिले गरे कार्यालयमा नारावाजी

पोखरा महानगरपालिकाको मेयर नेकपा एकिकृत समाजवादीलाई दिने गठवन्धनको निर्णय विरुद्ध नेपाली कांग्रेसमा सुरु भएको असन्तुष्टि अझै साम्य भएको छैन। 

मेयरको उम्मेदवार आफूहरुले पाउनुपर्ने माग गर्दै नेपाली कांग्रेसका वडा सभापतिहरुले कांग्रेसको जिल्ला पार्टी कार्यालयमा आज पनि नाराबाजी गरेका छन् । महानगरपालिकाको ३३ वटै वडाका सभापतिहरुले मेयरको उम्मेदवार कांग्रेसको हुनुपर्ने माग गर्दै पार्टी कार्यालयमा नाराबाजी गरेका हुन् ।

सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीचको भागवण्डा अनुसार पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार एकीकृत समाजवादी पार्टीको भागमा परेको छ । तर, यो निर्णयले नेपाली कांग्रेसभित्र विवाद छ । उक्त निर्णय स्विकार्न नसकिने कांग्रेस नेताहरुले वताउँदै आएका छन् ।

केन्द्रका नेताहरुले स्थानीय तह कमजोर बनाउने गरी सहमति गरेकाले कार्यकर्तालाई सम्झाई वुझाई गर्न पनि समस्या भएको कांग्रेस जिल्ला सचिव भानुभक्त ढकालले बताए । ‘पोखराका वडा होस् वा पालिका गठबन्धन दललाई दिन सकिँदैन’ उनले भने–‘केही वडा सदस्यमा मात्रै सहमति गर्न सकिन्छ । नत्र कांग्रेसलाई आघात हुन्छ, गठबन्धन अगाडि जाँदैन।’
 

विशेष