News

चुनावको बेला सुदुरपश्चिम सरकारमा भाँडभैलो, अविश्वासको प्रस्ताव ल्याउने तयारी

चुनावको बेला सुदुरपश्चिम सरकारमा भाँडभैलो, अविश्वासको प्रस्ताव ल्याउने तयारी

स्थानीय तह निर्वाचनको मुखैमा सुदुरपश्चिम प्रदेश सरकारमा भाँडभैलो सुरु भएको छ। कांग्रेस र माओवादीले एकलौटी निर्णय गरेर आफ्ना मन्त्री फिर्ता बोलाई कांग्रेसलाई मन्त्री पद दिएको भन्दै सुदूरपश्चिम नेपाल एकीकृत समाजवादी पार्टी रुष्ट भएको छ।

सरकारमा एकलौटी निर्णय गर्न थालेपछि एकिकृत समाजवादीले जेठ पहिलो साता नै मुख्यमन्त्री त्रिलोचन भट्टमाथि अविश्वासको प्रस्ताव प्रदेश सभामा टेबल गर्ने तयारी समेत गरेको छ। पार्टीका एक नेताका अनुसार चुनावपछि एकल बहुमतको सरकार चलाउने तयारी समेत भईरहेको छ।

नेकपा एसले सुदूरपश्चिममा स्थानीय तहको निर्वाचन पनि गठबन्धन नगरिकन एकल उम्मेदवारी दिने निर्णय भएको छ। माओवादी र कांग्रेसले एक्ला–एक्लै बैठक राख्ने र समाजवादीलाई छायामा राख्ने रणनीति लिएपछि पार्टीले छुट्टै बाटो अपनाउने तयारी गरेको उनले बताए।

गत चैत २५ गते सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री  त्रिलोचन भट्टले पाँचौ पटक मन्त्रिपरिषद् पुनर्गठन गर्दै नेकपा एसका मन्त्री हटाएर प्रदेश सरकारमा कांग्रेसलाई सहभागी गराएका थिए । नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलका नेता रण बहादुर रावलले आन्तरिक मामिला तथा कानुनमन्त्री, गोविन्द बोहराले सामाजिक विकास मन्त्री र टेकबहादुर रैकाले सामाजिक विकास राज्यमन्त्रीमा रूपमा सपथ लिए। समाजवादीले तीन जना मन्त्री फिर्ता भए।

आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का र सामाजिक विकास राज्यमन्त्री मना कुमारी साउदलाई फिर्ता पठाईएको थियो। यसमा पनि कांग्रेस र माओवादीले एकलौटी निर्णय गरेको समाजवादीको आरोप छ।

सुदूरपश्चिम प्रदेश सभाका एकीकृत समाजवादीका १४, माओवादीका १३, कांग्रेसका १२ र एमालेका ११ जना सांसद छन्। यस्तै लोकतान्त्रिक समाजवादी पार्टी र जसपाका गरी १÷१ जना सासंद छन्।
 

त्रिलोचन भट्ट सुदुरपश्चिम प्रदेश

विशेष