टिकटका लागि जसपामा कुटाकुट, मन्त्रीको रिसमा प्रदेश अध्यक्ष कुटिए
टिकट वितरणका लागि आईतवार जनकपुरमा वसेको जनता समाजवादी पार्टीका शिर्ष नेताहरुको वैठकमा कुटाकुट भएको छ। संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, जसपा मधेश प्रदेशका अध्यक्ष रामबाबुकुमार यादव र गजाधर रोहिता यादवलगायतका नेताहरु वसेको वैठकमै कुटाकुट भएको हो।
स्थानीय नेता/कार्यकर्ताको माग अनुसार नभई आफुले मन खाएका ब्यक्तिलाई टिकट दिन तयार पारेको भन्दै आक्रोशित कार्यकर्ता हातपातमा उत्रिएका थिए । हातपातका क्रममा जसपाका १० जना कार्यकर्ता सामान्य घाईते भएको जनाईएको छ। सो क्रममा जसपाका केन्द्रीय कार्यकारिणी सदस्य गजाधर रोहिता यादव, विद्यार्थी संगठनका प्रदेश उपाध्यक्ष विकास यादवसहितका नेता÷कार्यकर्ता घाइते भएको जसपा धनुषाले जनाएको छ ।
मनोनयन दर्ता गराउने विहानसम्म पनि मन्त्री रेणुकुमारी यादवले टिकट कब्जा गरेर राखेको भन्दै कतिपय नेता÷कार्यकर्ता पहिलैदेखि रुष्ट थिए । पार्टीको कार्यकारिणी सदस्य समेत रहेकी यादवले केन्द्रबाट प्रदेश समिति जिम्मा लगाउन ल्याएको टिक आफै कब्जा गरेको भन्दै असन्तुष्टि चुलिएको थियो। मन्त्री यादवले बर्दिवासको एक होटलमा वसेर आफुखुसी पर्सा जिल्लाको टिकट वितरण गरेको भन्दै प्रदेश समिति सदस्य मनोज देवले गुनासो गरेका थिए ।
प्रदेश समिति छलफलमै रहेको बेला मन्त्री यादवले प्रदेश र जिल्ला समिति पर्सालाई जानकारी नै नदिई आफु खुशी टिकट वितरण गरेकोमा उनको असन्तुष्टि थियो। मन्त्री यादवले सप्तरी जिल्लाको स्थानीय तहको टिकट पनि आफुले भनेको व्यक्तिलाई नै दिनुपर्ने भन्दै प्रदेश समितिलाई हस्तान्तरण गर्न मानेकी थिईनन्।
यसैविचमा टिकट वितरणका लागि छलफल गर्न वसेका नेताहरुले धनुषाको गणेशमान चारनाथ नगरपालिकाका मेयर समेत रहका रामबाबु यादव, हंसपुर नगरपालिकाका लागि रामनारायण कापरी र शहिदनगर नगरपालिकाका लागि बरुण यादवलाई टिकट नदिने योजना वनाएपछि आक्रोशित कार्यकर्ता विवाद र हातपातमा उत्रिएको जनाईएको छ।
बिहानदेखि टिकटको प्रतिक्षामा बसेका नेता÷कार्यकर्ताहरुले नेताहरुलाई चर्को दवाव दिँदै आएका थिए । तर नेताहरुले आफु निटकलाई टिकट दिन थालेपछि आक्रोशित कार्यकर्ताहरूको भिडले उनीहरुलाई लक्षित गरी झडप गरेको जनाईएको छ।