News

प्रहरीमा खुल्दुलीः दुईटा लाशको छेउमा वसेर कस्ले खायो रक्सी ?

प्रहरीमा खुल्दुलीः दुईटा लाशको छेउमा वसेर कस्ले खायो रक्सी ?

वुटवलमा ५५/५० वर्ष उमेर समुहका दम्पत्तिको शव जंगलमा फेला परेको छ। शिवनगर सामुदायिक वनको जंगलमा उनीहरुको शव फेला परेको हो ।

उनीहरु बुटवल उपमहानगरपालिका– ११ का ६० वर्षीय काजीमान श्रेष्ठ र उनकी श्रीमती ५५ वर्षीया कमला श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालयका डिएसपी ठगबहादुर केसीले बताए ।

गत वैशाख ६ गतेदेखि उनीहरु घरमा थिएनन्। छोराहरू वैदेशिक रोजगारीमा रहेकाले उनीहरु छोरी र बुहारीसँग बस्दै आएका थिए । आफन्त भेट्न भन्दै घरबाट हिँडेका दुवै जना घर नफर्किएपछि खोजी गर्ने क्रममा जंगलमा शव फेला परेको प्रहरीले जनाएको छ।

दम्पत्तिको शव नजिकै मदिराका वोतललगायतका वस्तु फेला परेकोले घटना शंकास्पद देखिएको प्रहरीको भनाई छ। घट्नाको थप अनुशन्धान भईरहेको डीएसपी केसीले बताए ।
 

विशेष