News

नेपाल घुमेर घर फर्कनै लागेका ४ भारतिय नागरिकसहित ५ जना ठहरै

नेपाल घुमेर घर फर्कनै लागेका ४ भारतिय नागरिकसहित ५ जना ठहरै

धादिङमा आईतवार भयंकर सवारी दुर्घटना भएको छ। दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। पृथ्वी राजमार्गअन्तगत धादिङको थाक्रे गाउँपालिका ७ जुंगेखोलामा बस र कार ठोक्किँएर दुर्घटना भएको हो ।

धादिङतर्फ जाँदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले काठमाडौं आउँदै गरेको वाग्मती प्रदेश ०१–०२६–च २९६८ नम्बरको कारलाई ठक्कर दिएको हो । दुर्घटनामा कारमा सवार पाँचै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

कारका चालक तनहुँको खैरेनीका अन्दाजी ३६ वर्षीय दिलबहादुर बस्नेत, भारतको उत्तरप्रदेशका ४० वर्षीय बिमलचन्द्र अग्रवाल, ३५ वर्षीय साधना अग्रवाल, ४० वर्षीया सन्ध्या अग्रवाल, ५५ वर्षीय राकेश अग्रवालको मृत्यु भएको छ ।

मृत्यु भएकाहरु चारजना एउटै गाउँको रहेको प्रहरीले जनाएको छ । वैशाख ७ गते नेपाल घुम्नका लागि आएका उनीहरु पोखराबाट काठमाडौं फर्कंदै गरेको र सोमबार दिल्ली फर्कने प्लेनको टिकटसमेत फेला परेको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट गम्भिर घाइते भएका उनीहरुको उपचारका क्रममा चालक दिलबहादुर र बिमलचन्द्रको टिचिङ अस्पताल र अन्यको ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी जागेश्वर भण्डारीले बताए ।

बसमा सवार धादिङ नीलकण्ठ नगरपालिका ११ का २४ वर्षीय राम परियार घाइते पनि घाईते छन्। उनको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ ।

ओरालोमा तीव्र गतिमा रहेको बससँग ट्याक्सीलाई ओभरटेक गरेको कारसँग ठोक्किएको थियो। 
 

विशेष