News

काठमाण्डौंको मेयर भइहाले केशब स्थापितले गगन थापाका बाख्रा खोज्लान ?

काठमाण्डौंको मेयर भइहाले केशब स्थापितले गगन थापाका बाख्रा खोज्लान ?

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले काठमाडौं महानगर प्रमुखमा केशव स्थापितलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । काठमाडौंको प्रमुखका लागि संघीय सांसद रामवीर मानन्धरसहित पाँच जना उम्मेदवारको नाम सिफारिस भएको थियो ।

तर, गठवन्धनसँग भिड्नु पर्ने भएकाले ‘हेभीवेट’ स्थापितलाई अगाडि सारिएको हो । सत्तारुढ गठबन्धनले काठमाडौंको मेयरमा कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहलाई उम्मेदवार बनाएको छ। उनी कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन।

सिर्जनालाई टक्कर दिन एमालेले रणनीतिक रुपमा उम्मेदवार छनौट गरेको छ। स्थापित पहिलो पटक ०५४ सालको स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाको प्रमुख बनेका थिए । पछिल्लो समय उनी वाग्मती प्रदेशको भौतिक पूर्वाधारमन्त्रीबाट बर्खास्त भएका थिए ।

केपी शर्मा ओली एमालेको भ्रातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको संस्थापक अध्यक्ष हुँदा स्थापित महासचिव थिए । ओलीपछि उनी युवा संघको अध्यक्ष बनेका थिए । ०५१ सालमा उनी राष्ट्रिय खेलकुद परिषद्को नवौं सदस्यसचिव भएका थिए । ०६० सालमा सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा उनी काठमाडौं महानगर प्रमुखमा मनोनीत भएका थिए । तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा उनी पुनः महानगर प्रमुखमा मनोनीत भए ।

निर्वाचित भए खोज्लान त गगन थापाका हराएका बाख्रा ?
पहिलो पटक महानगरप्रमुख वन्दा स्थापितले केही राम्रा काम पनि गरेका थिए । यस अर्थमा पनि उनीप्रति काठमाण्डौंवासीको अपेक्षा अलि धेरै छ। त्यसमा पनि नेपाली कांग्रेसका महामन्त्री गगन थापाका विषयमा उनले लगाएको आरोपका विषयमा छानविन होला भन्नेमा सर्वसाधारण आशावादी छन् ।

गगन थापाले केही वर्षअघि बाख्रा पालनका नाममा सरकारी कोषबाट १४ करोड रुपैयाँ अनुदान लिएर हिनामिना गरेको आरोप लाग्ने गरेछ। त्यो विषय ०७४ को निर्वाचनताका स्थापितले खुलासा गरेका थिए।

नेपाल सरकार कृषि मन्त्रालय अन्तगर्ततको व्यावसायिक कृषि परियोजना केन्द्र (प्याक्ट) मार्फत थापा अध्यक्ष रहेको सुनखानी एकिकृत कृषि केन्द्रले राज्यकोषबाट १४ करोड अनुदान लिएर हिनामिना गरेको स्थापितले नै खुलासा गरेका हुन। 

विश्वबैंकको सहयोगमा संचालित उक्त आयोजना अन्तर्गत लिएको पैसाबाट नुवाकोटको सुनखानीमामा बाख्रा पालन, फर्पिङमा कुरिलो खेती र काठमाण्डौंको गोल्फुटामा एच एण्ड एच मिट सप (गुणस्तरीय मासु उत्पादन तथा बजारीकरण उपआयोजना) सञ्चालन गर्ने गरी सम्झौता भएको थियो। जसमा थापासहितका ४ जना पार्टनर सहभागि थिए ।

पुर्वमन्त्री एवम कांग्रेस महामन्त्री गगन थापाले भने प्याक्टसँग सम्झौता भएपनि उक्त रकम नलिएको वताएका छन् । आफु अध्यक्ष रहेको काठमाण्डौंको महाँकालस्थित  सुनखानी एकीकृत कृषि केन्द्रले गुणस्तरीय मासु उत्पादन तथा बजारीकरण उपआयोजना संचालन गर्न सम्झौता गरेता पनि ०७२ फागुनअघि नै उक्त सम्झौता रद्ध गरिएको उनको भनाई छ।

आफु कृषि तथा जलस्रोत समितिको सभापति भएपछि कार्यसम्पादनमा असर पर्ने तथा स्वार्थ बाझिने भएकोले उपआयोजना संचालन गर्न असमर्थता जनाएर सम्झौता रद्द गरिएको थापाले वताउने गरेका छन् । 

यो पनि,

केशव स्थापित गगन थापा बाख्रा पालन

विशेष