News

केशव स्थापित र सिर्जना श्रेष्ठलाई बालेनको चुनौती, यस्ता छन कारण

केशव स्थापित र सिर्जना श्रेष्ठलाई बालेनको चुनौती, यस्ता छन कारण

काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेर राजनीतिक दलका उम्मेदवारलाई चुनौती खडा गरिरहेका -यापर बालेन शाहले चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन्। उनको घोषणा पत्रमा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मका योजना अघि सारिएको छ।

३१ वर्षीय स्ट्रकचरल इन्जिनियरसमेत रहेका बालेनले व्यक्तिगत घटना दर्ता, वृद्ध भत्ता वितरण घर–घरमै पुगेर गर्ने प्रतिबद्धता जनाएका छन्। सबै वडा र नगरपालिका स्तरमा अनलाइन भुक्तानी प्रणाली सुरुवात गर्ने, सूचनाको हक र खरिद, टेन्डर प्रक्रिया र बजेटको पारदर्शिता डिजिटल माध्यमबाट गर्ने, जन्मदर्ता प्रमाणपत्र, मृत्युदर्ता, विवाह दर्ता तथा अन्य कागजातहरुको होम डेलिभरी गर्ने शाहको घोषणा पत्रमा उल्लेख छ ।

युवाहरुलाई उनीहरुको व्यक्तिगत करियर मार्ग पत्ता लगाउन मद्दत गर्ने उद्देश्यले करियर परामर्श र कोचिङ कक्षा उपलब्ध गराउने तथा कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम परिमार्जन गरेर इतिहास, योग, आयुर्वेद जस्ता पौराणिक शिक्षा दिने पनि उनले बताएका छन् ।

हामीले पढे, लेखेको कहिले काम लाग्छ ? भन्दै उम्मेदवारी घोषणा गरेका बालेनले भन्ने गरेका छन्–‘सबैले विकास गर्छु, यो गर्छु त्यो गर्छु भन्दै पूरा नहुने सपना देखाए । मानिसलाई खुसी केले दिन्छ भन्ने कुरा नै मेरो चाहना हो । मेरो घर परिवार, जनता, देशलाई के कुराले खुसी दिन्छ त्यसको पछाडि लाग्ने हो । बाटोको धुलो हटाएर खुसी हुन्छ कि खाल्डो पुरिदिएर खुसी हुन्छ कि ? मानिसको मनोवैज्ञानिक खुसीका लागि म मेयरका लागि लड्दैछु । मानिस खुसी हुनुप¥यो। मानिसलाई खुसी बनाउन जे चाहिन्छ म त्यो गर्छु । मैले भनेको कुरामात्र हुनुपर्छ भनेर लाग्दिनँ । मानिसलाई जे कुरा आवश्यकता छ, त्यो कार्यान्वयनको पहल गर्छु ।’

१२ वर्षसम्म आफुले संगीतमार्फत सामाजिक विषयवस्तु, सरकारीदेखि देशको कुरा उठाएको वताएका उनले शक्तिमा गएर ‘मैले जनताका लागि केही गर्न सक्छु कि भन्ने सोचाइ’ आएकाले मेरको उम्मेदवार वनेको उनको भनाई छ। 


काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका बालेन शाहको यस्तो चुनावी घोषणा पत्रः

बालेन शाह

विशेष