News

मनोनयनका बेला उम्मेदवारले लत्तो छोडेपछि पोखरा एमालेमा खैलाबैला

मनोनयनका बेला उम्मेदवारले लत्तो छोडेपछि पोखरा एमालेमा खैलाबैला

मनोनयन दर्ता सुरु भएपछि उम्मेदवारले ‘अव म चुनाव लड्दिन’ भन्दै अस्विकार गरेपछि पोखरामा नेकपा एमालेभित्र खैलावैला सुरु भएको छ। पोखराको उपमेयरमा प्रस्तावित मन्जुदेवी गुरुङले उम्मेदवार बन्न अस्वीकार गरेपछि एमालेका नेताहरु समस्यामा परेका छन् ।

आफूलाई सोध्दै नसोधी उपमेयरको उम्मेदवार बनाएको बताउँदै उनले उक्त पदमा रुचि नभएको बताएकी छन्। मन्जु पोखराको बहालवाला उपमेयर हुन्। पार्टीको आन्तरिक प्रतिस्पर्धामा उनी मेयर उठ्ने चर्चा थियो। 

तर, उनी प्रतिस्पर्धाबाट अलग भइन्। पार्टी केन्द्रीय सदस्यसमेत रहेकी उनलाई प्रदेश कमिटीले अन्य १२ जनासँगै नाम थपेर पठाउने चर्चा चलेको थियो। तर, त्यसो नगरी, पूर्वशिक्षक दीपक पौडेललाई उम्मेदवार बनाउँदा मन्जुको नाम उपमेयरको रुपमा घोषणा गरिएको थियो।

त्यसपछि उनले असन्तुष्टि जनाउँदै उपमेयरमा उम्मेदवारी नदिने घोषणा गरेकी छिन् । मन्जुले उपमेयर अस्वीकार गरेसँगै कास्की एमालेमा खैलबैला मच्चिएको छ। उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीको गुटबीच देखिएको कटुता उम्मेदवारी प्रकरणमा देखा परेको जनाईएको छ। 
 

पोखरा मन्जुदेवी गुरुङ

विशेष