News

कांग्रेसको घोषणा पत्रः आफन्तलाई नियुक्ति र भर्ती गर्दैनौं !

कांग्रेसको घोषणा पत्रः आफन्तलाई नियुक्ति र भर्ती गर्दैनौं !

नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि आईतवार घोषणा पत्र सार्वजनिक गरेको छ । सानेपास्थित केन्द्रीय कार्यालयमा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेताहरुको उपस्थितीमा घोषणा पत्र सार्वजनिक गरिएको हो।

कांग्रेसले घोषणा पत्रमार्फत जनतालाई अनावश्यक सपना नबाँड्ने बताएको छ। उसले घोषणा पत्रमा आफूले गर्न नसक्ने काम पनि उल्लेख गर्ने गरेको छ। जनताको करबाट उठेको राजश्वलाई भ्यूटावर, स्वागतद्वार जस्ता अनुत्पादक क्षेत्रमा लगानी नगर्ने संकल्प गरेको छ

सरकारी सम्पत्तिको दुरुपयोग तथा प्राकृतिक स्रोत साधनको दोहन नगर्ने कांग्रेसको संकल्प छ । कानुनको सीमाभन्दा बाहिर गएर तथा आर्थिक प्रलोभन वा व्यक्तिगत प्रभावमा परेर कुनै पनि निर्णय वा काम नगर्ने पनि कांग्रेसले बताएको छ ।

नातेदार वा परिवारका सदस्यलाई सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोग नियुक्त नगर्ने समेत कांग्रेसको प्रतिवद्धता छ । 

निर्दिष्ट योजना र विनियोजित स्रोत सीमा बाहिर गई अपारदर्शी वा अनुत्तरदायी रुपमा हचुवाको भरमा कुनै पनि निर्णय नगर्ने, कानुन, आर्थिक तथा वित्तीय उत्तरदायित्व तथा अनुशासन उल्लंघन गर्ने, महिला हिंसा, जातीय विभेदलाई प्रत्साहन नगर्ने पनि कांग्रेसको संकल्प छ ।

पार्टीको घोषणापत्र बनाउन कांग्रेसले महामन्त्री गगन थापा संयोजक रहेको तयारी समिति बनाएको थियो। घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पनि उपस्थित थिए । 
यस्तो छ घोषणापत्र:

घोषणापत्र नेपाली काँग्रेस

विशेष