News

छविसपाथिभेराका ४८ माओवादी कार्यकताद्वारा राजिनामा, स्वतन्त्र उम्मेदवार घोषणा

छविसपाथिभेराका ४८ माओवादी कार्यकताद्वारा राजिनामा, स्वतन्त्र उम्मेदवार घोषणा

बझाङको छविसपाथिभेरा-७ मा वडाको भागबण्डा नमिल्दा गठबन्धन भत्किएको छ । माओवादी केन्द्रका प्रदेश कमिटी सदस्यसहित वडानं ७ को पुरै वडाकमिटीले पार्टीबाट सामुहिक राजिनामा दिएको छ । आजै स्वतन्त्र रुपमा चुनाव लड्न उम्मेदवार घोषणा समेत गरेको छ । 

माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य लोकेन्द्र सिंह धामी (निर्मल), जिल्ला कमिटी सदस्य पदम बहादुर मण्डेलसहित ४८ जना नेता कार्यकर्ताले आईतबार पार्टीबाट अलग भएको घोषणा गरेकाछन् । आजै स्वतन्त्रतर्फबाट विजय धामी वडाध्यक्षको उम्मेदवार घोषणा भएकाछन् । स्वतन्त्रबाट वडासदस्यमा जहरे धामी, गोकर्ण मण्डेल, रंगलाल धामी  र कोषा महत उम्मेदवार बनेकाछन् । 

वडानं ०७ माओवादी केन्द्रको आधार इलाका मानिन्छ । ७४ को चुनावमा माओवादी केन्द्रका उम्मेदवार पदम मण्डेल वडाध्यक्ष निर्वाचित भएका थिए । वडानं ७ मा वडाध्यक्ष माओवादीलाई दिनुपर्ने अडान यहाका नेताहरुले लिएका थिए । भागबण्डामा वडानं ७ काँग्रेसलाई दिइएपछि माओवादीपंक्तिले विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी घोषणा गरेको हो । 

विशेष