News राजनीति

वर्दिवासमा कांग्रेसका २ जना मेयरको टिकट बोकेर मनोनयन दर्ता गर्न पुगेपछि...

वर्दिवासमा कांग्रेसका २ जना मेयरको टिकट बोकेर मनोनयन दर्ता गर्न पुगेपछि...

महोत्तरीको वर्दिवासमा नेपाली कांग्रेसले दुई जना उम्मेदवारलाई मेयरको टिकट दिएर पठाएपछि अन्यौल उत्पन्न भएको छ। मेयरमा नेपाली कांग्रेसबाट दुई जना टिकट लिएर मनोनयन दर्ता गर्न पुगेका थिए।

कांग्रेस सभापति शेरबहादुर देउवाको हस्ताक्षरसहितको पत्र लिएर दुवै जना पुगेपछि कर्मचारी नै अन्यौलमा परे। चिरञ्जीवी दाहाल र प्रल्हादकुमार क्षेत्री दुवै जनासँग मेयरको उम्मेदवारीको टिकट थियो। 

तर पछि सभापति देउवाले दाहाल नै आधिकारिक उम्मेद्वार भएको पत्र निर्वाचन अधिकृतको कार्यालयलाई पठाएका थिए । त्यसपछि आयोगले दाहाललाई कांग्रेसको आधिकारिक उम्मेदवार बनाएर मनोनयन दर्ता गरेको छ ।

टिकट पाए पनि दर्ता गर्ने बेलामा आधिकारिकता नपाएपछि प्रल्हादकुमार क्षेत्रीले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । 


वर्दिवास

विशेष