News राजनीति

मेयर लड्न एसएसपीबाट राजिनामा दिएका साह हिस्स !

मेयर लड्न एसएसपीबाट राजिनामा दिएका साह हिस्स !

धनुषाको विदेह नगरपालिकाको मेयर पदमा चुनाव लड्न नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) पदबाट राजीनामा दिएका गोविन्द साह हिस्स परेका छन् । नेपाली कांग्रेसबाट चुनाव लड्ने तयारीमा रहेका वेला कांग्रेसले टिकट अर्कैलाई दिएपछि उनी हिस्सिएका हुन।

मेयर पदमा साहसँगै योगेन्द्र यादवको नाम सिफारिस भएको थियो । काँग्रेसले योगेन्द्र यादवलाई मेयरको टिकट दिने निर्णय गरेको छ । काँग्रेसले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । ‘स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दर्ता गराउँछु’ पूर्व एसएसपी शाहले भने–‘जनाधार नभएको व्यक्तिलाई टिकट दिने निर्णय भएको छ, त्यसैले मेरो जित सुनिश्चित छ ।

एसएसपी साहले दिएको राजीनामा गत फागुन १० गते स्वीकृत भएको थियो ।  २०४९ चैतमा इन्स्पेक्टरबाट शाह प्रहरीमा प्रवेश गरेका थिए । २९ वर्ष सेवा अवधि पुरा गरेर उनी राजनीतिको मैदानमा उत्रिएका हुन् । 
 

गोविन्द साह

विशेष