News

किरियापुत्री वसेका ब्यक्ति ‘कोरो’ छोडेर उम्मेदवारी दर्ता गर्न हिडेपछि...

किरियापुत्री वसेका ब्यक्ति ‘कोरो’ छोडेर उम्मेदवारी दर्ता गर्न हिडेपछि...

पूर्वी नवलपरासीमा किरियापुत्री वसेका ब्यक्ति ‘कोरो’ छोडेर उम्मेदवार दर्ता गर्न हिडेपछि सर्वसाधारण आश्चर्यमा परेका छन् । आमाको काज किरिया बसिरहेका भीमलाल अधिकारीले पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा मेयरको उम्मेदवारी दर्ता गराएका छन् ।

अधिकारीले एमालेको तर्फबाट मेयर पदमा मनोनयन दर्ता गरेका छन् । नेकपा एमालेका जिल्ला सचिवसमेत रहेका अधिकारी आमाको किरिया बसेको आज ५ औं दिन हो। उनले निर्वाचन आयोगको कार्यालयमा पुगेर मनोनयन दर्ता गराए। 

अधिकारी मनोनयन गर्न जाँदा ठूलो संख्यामा कार्यकर्ता र सर्मथकहरू निर्वाचन आयोगको कार्यालयसम्म सँगै पुगेका थिए । मध्यविन्दु नगरपालिकाको मेयरमा नेकपा एमालेबाट अधिकारीको नाम सर्वसम्मत सिफारिस भएको थियो ।

एमाले नवलपुरले मध्यविन्दुको मेयरमा अधिकारीको एकल नाम गण्डकी प्रदेश कमिटीलाई सिफारिस गरेको थियो। अन्य आकांक्षीहरुको सहमतिमा अधिकारीको मात्रै नाम सर्वसम्मत सिफारिस गरिएको हो ।

मध्यविन्दु–८ निवासी अधिकारीलाई पार्टीभित्र वैचारिक र कुशल संगठकको रुपमा लिइन्छ । 

पूर्वी नवलपरासी मध्यविन्दु नगरपालिका भीमलाल अधिकारी किरियापुत्री

विशेष