News

पूर्वराजा ज्ञानेन्द्रले १३ वर्षपछि जव श्रीपेच र राजदण्ड हात पारे...

पूर्वराजा ज्ञानेन्द्रले १३ वर्षपछि जव श्रीपेच र राजदण्ड हात पारे...

विरासतमा पाएको श्रीपेच र राजदण्ड नारायणहिटीमा छोडेर नागाजुर्नन सरेको १३ वर्षपछि पुर्वराजा ज्ञानेन्द्र शाहलाई श्रीपेच र राजदण्ड ग्रहण गर्ने सौभाग्य मिलेको छ। सुनसरीको इटहरीमा गहना डिजाइन तथा सुनचाँदी व्यवसाय गर्दै आएका कर्णबहादुर विश्वकर्माले शाहलाई आफैंले बनाएको श्रीपेच र राजदण्ड उपहार दिएका छन् ।

०६५ जेठ १५ मा बसेको पहिलो संविधानसभाको बैठकले नेपाललाई गणतन्त्र घोषणा गर्दै तत्कालीन राजा ज्ञानेन्द्रलाई नारायणहिटी दरबार छाड्न १५ दिनको म्याद दिएको थियो। उक्त निर्णयपछि उनी जेठ २९ गते बेलुकी ५ बजे नारायणहिटीबाट नागार्जुन सरेका थिए ।

नागाजुर्नन सर्नुअघि उनले नारायणहिटीमा रहेको श्रीपेच र राजदण्ड सरकारको जिम्मा लगाएका थिए । जसलाई नारायणहिटी दरबार संग्रहालयमा राखिएको छ। त्यसको ठिक १३ वर्ष १० महिना १३ दिनपछि जानेन्द्रलाई श्रीपेच र राजदण्ड उपहारमा प्राप्त भएको छ।

विश्वकर्माले आइतबार झापाको चन्द्रगढी विमानस्थलमा पूर्वराजालाई सो उपहार दिए। झन्डै २ वर्षअघि कोरोना संक्रमण रोकथामका लागि भएको लकडाउनका बेला उनले ३ महिना लगाएर श्रीपेच र राजदण्ड बनाएका थिए ।

जसमा करिव ५ लाख मुल्य वरावरको सुन, चाँदी, मोती तथा बहुमूल्य रत्न जडान गरिएको छ । आफू राष्ट्रवादी र राजसंस्थाको पक्षधर रहेको बताउँदै विश्वकर्माले पूर्वराजालाई दिनकै लागि बनाएको उल्लेख गरे । श्रीपेच लिँदै पूर्वराजा शाहले धन्यवाद विश्वकर्मालाई धन्यवाद दिएका थिए ।

ज्ञानेन्द्र शाह उपहार श्रीपेच र राजदण्ड

विशेष