News

विद्यार्थी नेता पारस बुढा त्रिवेणीमा वडाध्यक्ष भिड्दै, सार्वजनिक गरे घोषणा पत्र 

विद्यार्थी नेता पारस बुढा त्रिवेणीमा वडाध्यक्ष भिड्दै, सार्वजनिक गरे घोषणा पत्र 

माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीका केन्द्रिय सदस्य पारस बुढा वडाध्यक्षको उम्मेदवार बनेका छन् । बाजुराको त्रिवेणी नगरपालिका वडान-६ मा बुढा माओवादी केन्द्रबाट वडाध्यक्षको उम्मेदवार बनेका हुन् । 

वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा बुढाले माओवादी केन्द्रबाट उम्मेदवार बनेका हुन् । बाजुरामा सत्तारुढ गठबन्धनवीच सहमती हुननसक्दा बुढा माओवादी केन्द्रबाट चुनाव भिड्दैछन् । 

कैलाली बुहमुखी क्याम्पसबाट विद्यार्थी राजनिति सुरु गरेका बुढा स्थानियस्तर देखि विद्यार्थीको केन्द्रिय कमिटीसम्म लोकप्रिय छन् । स्थानीयस्तरमा बुढालाई साहसी, निडर र इमानदार स्वभाव भएका व्यक्ति भनेर चिनिन्छ । 

आशन्न निर्वाचन लक्षित गर्दै बुढाले आफुलाई वडाध्यक्ष किन बनाउने भनेर लिखित रुपमै २० बुद्धे प्रतिवद्धता (घोषणा) पत्र नै सार्वजनिक गरेकाछन् । 

यस्ता छन् बुढाद्धारा जारी प्रतिबद्धताः

१) लामो समयदेखि अवरुद्ध विधुत सेवालाई पुर्ण रुपमा संञ्चालनमा ल्याउन राष्ट्रिय प्रसारण लाइनको ब्यवस्था गरिनेछ,
२) वडामा रहेका सम्पूर्ण टोलहरुमा शुद्व सफा र स्वच्छ खानेपानीको ब्यवस्थाका लागि पहल गरिनेछ,
३) कृषिमा सिचाइको महत्त्वलाई मुख्य प्राथमिकता दिई किसानको आय आर्जन बढाउन भुमिगत सिचाइ, नहरहरु ग्रामिण विधुतिकरण अन्तर्गत सिचाइको सुविधा पुर्याइनेछ,
४) सामाजिक विकृतिको रुपमा रहेको लागू पदार्थ तथा दुव्यसनिको समस्या न्युनिकरणमा वडामा रहेका विभिन्न युवा क्लवहरसंग समंन्वय गरि विभिन्न किसिमका रचनात्मक कार्यहरु सञ्चालनमा ल्याइनेछ,
५) सामुदायिक विधालयहरुमा नैतिक शिक्षा खेलकुद,योगा,गित( संगित चित्रकला आदिमा विशेष जोड दिइनेछ,
६) वडा भित्र रहेका कृषि योग्य जमिनहरुलाई माटो परिक्षण गरेर सम्बन्धित रिपोट अनुसार बाली,नाली लगाउने ब्यवस्था गरिनेछ,
७) हाम्रो गाउँ घर टोल-टोलमा रहेक बाटोघाटो हिड्न डुल्न सहज गर्ने रेलीङ्ग बाटोको ब्यवस्था गरिनेछ,
८) निरन्तर कृषि प्रणाली लाई प्राथमिकता दिएर कृषहरुलाई समयानुकूल बीउ,विजन उपलब्ध गरिनेछ,
९) हाम्रो वडामा रहेका सम्भावित पर्यट्किय क्षेत्रको अवलोकन गरि सम्बन्धित पर्यट्किय क्षत्रको विकास गरि रोजगारिका सिर्जना गरिनेछ,
१०) विकास निर्माणका कार्यहरु संचालन गर्दा उपभोक्ता समितिहरु गंठनमा वास्तविक उपभोक्ताहरुलाई प्रोत्साहित र सहभागी गराइनेछ,
११) वडा भित्र एक टोल एक उत्पादन कार्यक्रम लाई लागु गरेर कृषि क्षेत्रमा आधुनिकिकरण गरिनेछ,
१२) कार्यालय प्रशासन सुधार गरि जनतालाई चुस्त दुरुस्त सेवा सुविधा प्रदान गर्ने कर्मचारीहरु लाई तालिम,दण्ड र पुरस्कारको  ब्यवस्था गरिनेछ,
१३) वडामा रहेका सामुदायिक विधालयहरुमा आवश्यकताहरु लाइ मध्यनजर गरि भौतिक संरचना निर्माणका लागि पहल गरिनेछ ,
१४) महिला सशक्तीकरण कार्यक्रमहरु सञ्चालन गरि सामुहिकरुपमा महिलाहरुलाई उधमशिल कार्यमा संलग्न गराउने कार्यक्रम लागु गरिनेछ
१५) विधालयहरुमा प्राविधिक शिक्षालाई प्राथमिकता दिइनेछ र  नयाँ प्रविधिक बिषयहरु थप गरिनेछ,
१६) युवा साथिहरुलाई नयाँ आधुनिक ब्यवसायाहरुमा जोडि रोजगारी सिर्जना गरिनेछ,
१७र्) जनताका दैनिक आवश्यक सेवा सुविधा लाई मध्यनजर गरि रोडको विकास उन्रति गर्ने पहल गरिनेछ,
१८) वडामा संस्थागत सु-शासन कायम गरिनेछ,
१९) उच्च शिक्षा प्राप्त गर्ने सहर बजार जानु पर्ने बाध्यता लाई मध्यनजर गरि क्याम्पस आफ्नै गाउँमा स्थापना गर्ने पहल गरिनेछ,
२०) आजको आधुनिक युगमा पनि नेटवर्क बाट बन्चित हाम्रो वडालाई नेटवर्कको पहुँचमा पुर्याउन विशेष पहल गरिनेछ 
 

विशेष